फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले अमेरिकाबाट कुनै सहयोग पाएको छैनः परराष्ट्र प्रवक्ता

(GMT+08:00) 2020-03-21 16:41:07
अमेरिकी अधिकारीले विभिन्न अवस्थामा धेरै पटक महामारी विरूद्ध लड्न चीन लगायत सम्बन्धित देशहरूलाई १० करोड अमेरिकी डलर सहायता दिने कुरा व्यक्त गरेका थिए। हालसम्म चीनले अमेरिकी सरकारबाट कुनै पूँजी वा सामग्री पाएको छैन।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले २० तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा सम्बन्धित प्रश्नको जवाफ दिंदै उक्त कुरा बताउनुभएको हो।

प्रवक्ता कङका अनुसार, महामारी फैलिएपछि धेरै अमेरिकी व्यवसाय, नागरिक संस्था र गन्यमान्य व्यक्तहरूले सक्रिय रूपमा चीनलाई चन्दास्वरूप रकम तथा सामान दिएर समर्थन गरेका छन्। अमेरिकामा महामारी फैलिएयता चीनका विभिन्न क्षेत्रले पनि अमेरिकालाई सहयोग गरेका छन्। त्यसबाहेक अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सीले चीनलाई मास्क तथा सुरक्षा कपडालगायत चिकित्सा सामग्री दिने इच्छा व्यक्त गरेको थियो। मार्च ११ तारिखसम्म उसले चीनलाई उक्त सामग्रीको तयारी गरेको सूचना दियो। त्यसबेला चीनमा महामारीको रोकथाम तथा नियन्त्रणले सकारात्मक प्रगति हासिल गर्नुका साथै विश्वका विभिन्न क्षेत्रमा महामारी फैलिएका हुनाले चीनले औपचारिक रूपमा अमेरिकालाई धन्यवाद दिनुका साथै अमेरिकासँग उक्त सामग्री चीनभन्दा अरू अझ आवश्यक देशलाई सहयोग गर्न आग्रह गरेको छ।

जानकारी तथा लेखहरु