फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वुहानमा शून्य संक्रमितले विश्व आशावादी

(GMT+08:00) 2020-03-21 16:41:51

विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वमा करिब २ लाख १० हजार कोभिड-१९ संक्रमित बिरामी भएका छन्। जसबाट लगभग ९ हजार मानिसको मृत्यु भएको छ। तर वुहानमा नयाँ बिरामी थपिएका छैनन्। जसले विश्वका अरू क्षेत्रलाई आशा र साहस दिएको छ। जसबाट सबैभन्दा गम्भीर अवस्था भए तापनि सुधार गर्न सकिने कुराको पुष्टि भएको छ।

२० तारिख जेनेभामा आयोजित विश्व स्वास्थ्य संगठनको कोभिड-१९सम्बन्धी नियमित पत्रकार सम्मेलनमा महाप्रबन्धक टेड्रोस अढानोम धेब्रेयेसुसले उक्त कुरा बताउनुभएको हो।

डब्लु.एच.ओ स्वास्थ्य संकटकाल कार्यक्रमका जिम्मेवार स्कोट माइकल र्यानले वुहानमा संक्रमण शून्यले आशाको सूचना संचार गरेको बताउनुभयो। यसबाट कोभिड-१९ भाइरस नियन्त्रण गर्न सकिनुका साथै प्रसार श्रृंखला पनि रोकिन सक्ने पुष्टि गरेको छ। त्यसैले पूरै समाजको सक्दो प्रयास तथा एकीकृत सहकार्य, साहसी स्वास्थ्यकर्मी र प्रभावकारी आपूर्ति श्रृंखला चाहिन्छ।

वर्तमान विश्वमा सुरक्षा उपकरणको अभाव छ। डब्लु.एच.ओले विभिन्न देशलाई समर्थन दिने टेड्रोसले व्यक्त गर्नुभयो। केही चिनियाँ आपूर्तिकर्ताले डब्लु.एच.ओलाई सामग्री आपूर्ति गर्नेबारे अन्तिम ठोस छलफल गरिरहेको पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु