फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सही नीतिबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नसकिनेः अन्तर्राष्ट्रिय मुद्रा कोष

(GMT+08:00) 2020-03-21 16:57:27

हालै अन्तर्राष्ट्रिय मुद्रा कोष(आई.एम.एफ.)ले एक लेख प्रकाशित गर्दै चीनमा कोभिड-१९ महामारीको प्रतिरोध तरिका सान्दर्भिक भएको विश्लेषण गरेको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको लेखमा भनिएको छः हालसम्म कोभिड-१९ महामारिबाट सम्पूर्ण विश्वमा गहिरो असर पारिरहेको छ र भाइरसको विस्तार रोक्नको लागि आर्थिक गतिविधि मन्द बन्दै गएको छ। चीनले आर्थिक विकास क्षेत्रमा निकै गाह्रो छनौट गरेको थियो। चीनको अनुभवबाट के प्रमाणित भएको छ भने सही नीतिको कार्यान्वयनबाट महामारीको फैलावटलाई शिथिल पार्न सकिन्छ र महामारीको नकारात्मक प्रभावलाई कम पार्न सकिन्छ। चीन सरकारले मझौला तथा स-साना उद्यमहरू एवम् कमजोर समूहको समर्थनमा चालेको कदमको पनि अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रशंसा गरेको छ।

यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्षेत्रले हातमा हात मिलाएर महामारीको सामना गर्ने आह्वान पनि अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ।

जानकारी तथा लेखहरु