फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हुपै बाहेक सम्पूर्ण चीनमा महत्वपूर्ण परियोजनाका ९० प्रतिशत पुनः संचालनमा

(GMT+08:00) 2020-03-22 17:46:01

मार्च २० तारिखसम्म चीनमा हुपै प्रान्त बाहेक जम्मा गरी पुनः संचालनमा आएका ११ हजार वटा महत्वपूर्ण परियोजनाहरू पुनः संचालनमा आएको दर ८९.१ प्रतिशत पुगेको छ। चीनको राज्य परिषदले २१ तारिख आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय विकास तथा सुधार समिति अन्तर्गत लगानी वभागका प्रमुख ओ हुङले उक्त जानकारी दिनुभएको हो।

उहाँका अनुसार, महत्वपूर्ण रेलमार्ग परियोजना आधारभूत रूपमा पुनः संचालनमा आइपरेको छ भने राजमार्ग, जल ढुवानी परियोजनाको पुनः संचालन दर ९७ प्रतिशतले पुगेको छ। उर्जाश्रोत सम्बन्धि महत्वपूर्ण परियोजनाहरू आधारभूत रूपमा पुनः संचालनमा आइसकेका छन्। चीन-रूस पूर्वी प्राकृतिक ग्याँस पाइपको मध्य भाग परियोजना पनि पुनः संचालनमा आएको छ।

जानकारी तथा लेखहरु