फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ बजारको मूल्य हरेक त्रैमासिकमा घट्दै जाने

(GMT+08:00) 2020-03-22 17:47:39

चीनको मौद्रिक प्रणालीको परिचालन समष्टिगत रूपमा स्थिर रहेको तथा मौद्रिक बजारको भविष्य स्थिर हुनुका साथै मुद्रा सम्बन्धि ऋणको वृद्धि पनि स्थिर रूपमा भइरहेको छ। जसबाट हेर्दा चीनको गार्हस्थ्य अर्थतन्त्रमा महामारीबाट खासै ठूलो प्रभाव देखिएको छैन। उक्त कुरा चीनको केन्द्रिय बैंकका गभर्नर छन युलुले मार्च २२ तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा बताउनुभएको हो।

उहाँले जानकारी दिए अनुसार, महामारीको नियन्त्रण तथा उद्यमहरूको पुनः संचालनको मागमा मौद्रिक प्रणालीले छिटो गरी श्रृंखलावद्ध प्रभावकारी कदमहरू तथा नीतिहरू लागू गर्यो र हालसम्म ती नीति र कदमहरूले सकारात्मक प्रभाव देखापरेको छ। हालै विश्वमा महामारीको फैलावट भइरहेकोले अन्तर्राष्ट्रिय मौद्रिक बजार उतारचढाव भइरहेको सन्दर्भमा विश्व परिस्थितिबाट चीनको आर्थिक विकासमा ल्याइने नयाँ चुनौतीहरू पनि देखा परेका छन्।

चीनको मौद्रिक प्रणालीले वर्तमान नीति प्रारूपमा महामारीको नियन्त्रण तथा आर्थिक परिस्थितिको चरणवद्ध परिवर्तन बुझेर समयमै श्रेष्ठताको भरमा नीति परिवर्तन गर्ने छ। साथै चीनमा महामारीको नियन्त्रण अवस्था तथा आर्थिक विकासको वास्तविक अवस्था बमोजिम अन्तर्राष्ट्रिय सहयोगमा चीनले सक्रियताका साथ भाग लिँदै जाने छ।

जानकारी तथा लेखहरु