फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शंकास्पद कोभिड-१९ भाइरस गत वर्षको अन्तमा इटलीमा देखिएको दावी

(GMT+08:00) 2020-03-22 17:51:50

गत वर्षको नभेम्बर/ डिसेम्बरमा इटलीमा शंकास्पद कोभिड-१९ संक्रमित लक्षण देखा परेको सम्भावना रहेको छ। उक्त कुरा हालै इटलीका प्रसिद्ध चिकित्सक गिउसेपे रेमुज्जीले अमेरिकी संचारमाध्यमसँग कुराकानी गर्दै भन्नुभएको हो।

रेमुज्जी इटली लगायत सम्पूर्ण यूरोपमा नामी मारिओ नेग्री औषधोपचार अनुसन्धान केन्द्रका प्रमुख हुनुहुन्छ। अमेरिकी एन.पी.आर. रेडियोसँगको अन्तर्वार्तामा उहाँले यसरी बताउनुभयो, 'उक्त लक्षण वृद्धवृद्धामा देखा परेको सूचना आफूले हालै मात्र पारिवारिक डाक्टरबाट पाएको हो र यसको अर्थ महामारी चीनमा देखा पर्नुअघि नै भाइरस इटलीको लुम्बार्दीया क्षेत्रमा फैलिसकेको थियो।

इटलीको समय अनुसार, मार्च २१ तारिख बेलुकी ६ बजेसम्म बितेको २४ घण्टामा इटलीमा थपिएका कोभिड-१९ बिरामीको संख्या ६ हजार ५ सय ५७ पुगेको छ र जम्मा गरी ५३ हजार ५ सय ७८ जना संक्रमित भएको निश्चित गरिएको छ भने ४ हजार ८ सय २५ जनाको मृत्यु भएको छ। इटलीका प्रधानमन्त्री गिउसेपे कोन्तेले राती ९ बजेतिर सामाजिक संजालमा गर्नुभएको प्रत्यक्ष प्रसारणमा सम्पूर्ण देशमा हाल अत्यावश्यक उत्पादनका गतिविधि बन्द गर्नुपर्ने जनाउनुभएको छ।

जानकारी तथा लेखहरु