फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अष्ट्रेलियाका संक्रमित बिरामीको सबैभन्दा ठूलो स्रोत अमेरिका हो- अष्ट्रेलियाका प्रधानमन्त्री

(GMT+08:00) 2020-03-22 17:52:28

मार्च १ तारिख अष्ट्रेलियामा कोभिड-१९ संक्रमित बिरामीको संख्या लगभग बीस जना मात्र हुनुका साथै हरेक दिन केही जना बढ्दै गएका थिए। तर मार्च १८ तारिखदेखि अष्ट्रेलियामा हरेक दिन सयौं संक्रमित बिरामी थपिन थालेपछि २१ तारिखसम्म अष्ट्रेलियामा कुल १०७३ जना संक्रमित बिरामी भेटिएका छन्।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कोट मोरिसोनले २० तारिख अन्तर्वार्ता दिंदै अष्ट्रेलियामा भेटिएका बिरामीहरूमध्येको ८० प्रतिशत विदेशबाट आयातित वा विदेशबाट फर्केको मान्छेसँग प्रत्यक्ष सम्पर्क रहेका मान्छे भएको जानकारी दिनुभयो। साथै त्यसमध्ये अधिकांश बिरामी अमेरिकाबाट आएका हुन्।

यसअघिको एक सातामा भिक्टोरिया राज्यका राज्यपाल डनिल अन्ड्रुसले सरकारसमक्ष अमेरिकी पर्यटक प्रवेशमा प्रतिबन्ध लगाउनुपर्ने सुझाव पेश गर्नुभयो। अष्ट्रेलियाका गृहमन्त्री समेत अमेरिकाको भ्रमणपछि कोभिड-१९बाट संक्रमित हुनुभएको थियो।

जानकारी तथा लेखहरु