फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जर्मनीमा भइरहेको महामारीको सम्बन्धमा राष्ट्राध्यक्ष सीको सान्त्वना सन्देश

(GMT+08:00) 2020-03-22 17:53:10
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हालै जर्मनीका चान्सलर अन्गेला मर्केललाई जर्मनीमा जारी महामारीप्रति चीन सरकार तथा जनताको तर्फबाट स्पेन सरकार तथा जनतालाई हार्दिक सान्त्वना व्यक्त गर्नुभएको छ।

सन्देशमा राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छः केही समयअघि जर्मनी सरकार तथा विभिन्न क्षेत्रले विविध तरिकामार्फत चीनमा भएको महामारीप्रति सान्त्वना व्यक्त गर्दै समर्थन दिएका थिए। जर्मनीले महामारीको प्रतिरोधको लागि गर्ने प्रयासको चीनले दृढताका साथ समर्थन दिँदै जाने छ। सहयोग चाहेमा चीनले सकेसम्म सहयोग दिने छ। महामारीको नियन्त्रण, बिरामीको उपचार, खोपको अध्ययन तथा विकास लगायतका क्षेत्रमा जर्मनीसँगको सहयोगलाई प्रवर्द्धन गर्दै दुइ देश लगायत विश्वका विभिन्न मुलुकका जनताको स्वास्थ्य तथा हित-कल्याणको संयुक्त संरक्षण गर्ने आशा चीनसँग छ।

जानकारी तथा लेखहरु