फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सर्बियामा भइरहेको महामारीको सम्बन्धमा राष्ट्राध्यक्ष सीको सान्त्वना सन्देश

(GMT+08:00) 2020-03-22 17:53:40

चीनका राष्ट्राध्यक्ष सीले हालै सर्वियाका राष्ट्रपति अलेक्जेण्डर भुछीछलाई हाल सर्बियामा जारी महामारीप्रति चीन सरकार तथा जनताको तर्फबाट सर्बिया सरकार तथा जनतालाई हार्दिक सान्त्वना व्यक्त गर्नुभएको छ।

सन्देशमा राष्ट्राध्यक्ष सीले पुष्टि गर्नुभएको छः चीनमा महामारीको प्रतिरोध हुँदाखेरी सर्बिया सरकार तथा जनताले व्यवहारिक रूपमा चीनको ठूलो समर्थन दिएकोमा दिलैदेखि धन्यवाद ज्ञापन गर्छु। चीनले सर्बियालाई सामग्री तथा चिकित्सा प्रबन्धको सहयोग दिँदै जरूरी सामग्री चीनमा किन्नका लागि सर्बियालाई सुविधा प्रदान गर्ने छ। साथै चीनले चिकित्सक टोली पठाएर महामारीको नियन्त्रणमा थप सहयोग दिने छ। महामारीको प्रतिरोध क्रममा आपसी चौतर्फी रणनैतिक साझेदारी सम्बन्ध अझ गहन र बलियो हुँदै जाने विश्वास गर्छु।

जानकारी तथा लेखहरु