फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ट्रम्पको सम्बोधनमा भेदभाव शब्दको विभिन्न पक्षको विरोध

(GMT+08:00) 2020-03-22 20:25:32

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजाल तथा सार्वजनिक स्थलमा 'कोरोना भाइरस'को सट्टामा 'चाइनिज भाइरस' भन्ने जातिय भेदभाव बोकेका शब्दको प्रयोग धेरै पटक गरिरहनुभएको छ। कोभिड-१९ संक्रमित अमेरिकीको संख्या बढिरहेको सन्दर्भमा ट्रम्पले चीनलमाथि दोष लगाउन खोजिरहनुभएको कुरा अमेरिकी संचारमाध्यमले औंल्याएका छन्।

ट्रम्पको चीनमाथि हिलो छ्याप्ने कार्वाहीहरूको विभिन्न पक्षहरूले आलोचना गरेका छन्।

अमेरिकी रिब्पलिकन पार्टीका सदस्य हिलरी क्लिन्टनले सामाजिक संजालमा लेख्दै राष्ट्रपतिले जातिवादी भनाइहरूमार्फत मानिसहरूको ध्यान तानेर आफूले कोभिड-१९को प्रतिरोध तथा नियन्त्रण कार्य राम्ररी नगरेको वास्तविकतालाई लुकाउन खोजिरहेको ठहर गर्नुभयो।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले महामारीको प्रतिरोधमा चीनले प्रभावकारी कदम चालेर चीनमै रहेको महामारीको नियन्त्रण गरेको साथै विश्वका जनताहरूको स्वास्थ्य तथा सुरक्षाको संरक्षणको लागि पनि महत्वपूर्ण योगदान गरेको विचार व्यक्त गर्नुभएको छ। साथै चीनले महामारीबाट ग्रस्त मुलुकलाई सहयोग दिँदै अन्तर्राष्ट्रिय समाजमा राम्रो नमूना राखेको छ। उहाँले अगाडि भन्नुभएको छः चीनको कार्यक्षमताले चीनको नाममा हिलो छ्याप्न खोज्ने केही मुलुकलाई सबभन्दा ठूलो स्वरमा दिएको जवाफ हो।

विश्व स्वास्थ्य संगठन आपतकालीन परियोजनाका जिम्मेवार व्यक्ति माइकल राइनले कोभिड-१९ सम्बन्धि पत्रकार सम्मेलनमा बोल्दै भाइरस सिमारहित छ र जाति, छालाको रङ्ग, धनसम्पतिको प्रभावमा नपर्ने भएकाले भाइरसलाई केही मानिससँग जोड्नबाट जोगाउनुपर्छ।

मार्च १८-१९ चीनका परराष्ट्र मन्त्री वाङ यीले रूसी विदेश मन्त्री, इन्डोनेशियाका समन्वय मन्त्री, सिंगापुरका विदेश मन्त्री तथा फ्रान्सेली विदेश मन्त्रीसँग टेलिफोन वार्ता गर्दा जोड दिनुभएको छः महामारीलाई नराम्रो नाम राखेर कुनै मुलुक लक्षित गतिविधिको चीनले दृढताका साथ विरोध गर्छ। भाइरस सिमाविहीन र महामारी मानवजातिको साझा शत्रु भएकाले जसलाई नष्ट पार्न अन्तर्राष्ट्रिय समाजले एकतावद्ध हुनुपर्छ।

जानकारी तथा लेखहरु