फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ट्रम्प सरकारद्वारा दुई वर्षअगाडि विश्व सरुवा रोग विरुद्ध संस्थान विघटन

(GMT+08:00) 2020-03-22 20:26:54

बेलायतको "द इन्डिपेन्डेन्ट"ले मार्च 22 तारिख जनाएअनुसार, अमेरिकी पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार सुसान राइसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पर्याप्त चेतावनी दिइएतापनि विश्वको सरुवा रोगका लागि उचित तयारी नगरेको आरोप लगाउनुभएको छ।

राइसले सी.एन.एन.सँग टेलिफोन अन्तर्वार्तामा उक्त कुरा बताउनुभएको हो। ‌राइसले ओबामा सरकारले इबोला संकटको सामना गर्ने क्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। संक्रमणकालीन सरकारको बेलामा राइस टोलीले पद सम्हाल्ने ट्राम्प सरकारका अधिकारीहरूलाई सरुवा रोग हुने सम्भावना रहेको जोखिमबारे जानकारी दिएको थियो। राइसले ओबामा सरकारको नेतृत्वमा विश्व स्वास्थ्य सुरक्षा तथा जैविक प्रतिरोध कार्यालयको स्थापना गरिएको कुरा बताउनुभयो।

ट्रम्प सरकारले सन् 2018अघि उक्त कार्यालय विघटन गर्ने निर्णय गरेको थियो। यो वर्तमान सरकारले कोरोना भाइरस फैलिनुबारे ढिलो प्रतिक्रिया जनाएका कारणहरूमध्येको एक मानिएको छ।

जानकारी तथा लेखहरु