फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोभिड १९ निवारणमा विश्वद्वारा चिनियाँ चिकित्सकको प्रशंसा

(GMT+08:00) 2020-03-23 19:05:40
हाल कोभिड-१९ महामारी विश्वका अधिकांश स्थानमा फैलिँदै आएको छ। देशभित्र रोग निवारण र नियन्त्रण कार्यमा संलग्न भएका धेरै चिनियाँ चिकित्सकहरूले विदेश गएर तत्स्थानमा सहायता दिएका छन् अथवा इन्टरनेट भिडियो आदि तरिकामार्फत विदेशलाई रोग निवारण सम्बन्धी चीनको अनुभवबारे जानकारी दिएका छन्। चिनियाँ चिकित्सकको मायालु र जिम्मेवारी भावनालाई विश्वका विभिन्न क्षेत्रका व्यक्तिहरूले निकै प्रशंसा गरेका छन्।

हाल कोभिड-१९ महामारीको चीनमा प्रभावकारी रुपमा नियन्त्रण गर्न सकिएको छ। मार्च २३ तारिखसम्म गम्भीर रोग पीडित हुपै‍ प्रान्तमा गत मार्च १८ तारिखदेखि लगातार ५ दिनसम्म नयाँ संक्रमितको संख्या थपिएको छैन। चीनले किन यत्रो छिटो रोग निवारण र नियन्त्रण कार्यमा सफल अनुभव प्राप्त गरेको छ? किनकि चीनले तीव्र गतिले रोगको जाँचबुझ गर्दै विभिन्न स्तरका संक्रमितलाई बेग्ला बेग्लैगरी निश्चित औषधोपचार गरेको छ। ७ पटक गरी सुधार गरिएको कोभिड-१९ महामारीको निवारण, नियन्त्रण र उपचार गर्ने योजनालाई चीनले पूराका पूरै विश्वका विभिन्न मुलुकसँग उपभोग गरेको छ।

प्राप्त जानकारी अनुसार, चीनले ८२ वटा मुलुक, विश्व स्वास्थ्य संगठन र अफ्रिकी संघलाई सहायता दिने घोषणा गरेको छ। रोग क्रुर भए तापनि संसारमा माया फैलिएको देखिन्छ। चीन वास्तविक गतिबिधिद्बारा मानव जाति भाग्यको एकरुपता भन्ने ठूलो मुलुकको जिम्मेवारी लिइरहेको छ।

जानकारी तथा लेखहरु