फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

न्यूयोर्कका मेयरद्बारा डोनाल्ड ट्रम्पको सुष्ट गतिको कडा बिरोध

(GMT+08:00) 2020-03-23 19:07:16
न्यूयोर्कका मेयर बिल डेब्लासिओले मार्च १९ तारिख आयोजित पत्रकार सम्मेलनमा कोभिड-१९ महामारीको सामना गर्दा रोगको फैलावटको नियन्त्रण गर्न छिटोभन्दा छिटो गरी देशका सम्पूर्ण स्रोतलाई जम्मा पार्न नसकेकाले ट्रम्प सरकारलाई आरोप लगाउनुभएको छ।

"दशौँ लाख अझ विशेष गरी करोडौँभन्दा बढी अमेरिकीहरूले तपाईंले के गर्दै हुनुहुन्छ भन्ने बुझेका छैनन्।" उहाँले भन्नुभयो: हाम्रो देश तनावपूर्ण र जरुरी अवस्थामा आइपरेको खण्डमा तपाईंले सरकारी क्षमताको प्रयोग गर्नुभएन। सबैलाई थाहा छ, रोगको सामना गर्दा सम्पूर्ण शक्तिको प्रयोग गर्नुपर्छ। तर तपाईं सधैं नै सुष्त भएर हेर्दै र पर्खंदै आउनुभएको देखिन्छ। तपाईंले अमेरिकालाई जोगाउने सबै मौका गुमाउनुभयो।

मेयर डेब्लासिओका अनुसार, डोनाल्ड ट्रम्पले मार्च १८ तारिख मात्र "राष्ट्रिय प्रतिरक्षा उत्पादन ऐन"को आरम्भ गर्नुभयो। तर न्यूयोर्कले जनवरी २४ तारिखदेखि नै पत्रकार सम्मेलनको आयोजना गर्दै सम्बद्ध कदम चाल्ने घोषणा गरेको थियो। अमेरिकी राष्ट्रपतिको हैसियतले ट्रम्पले कम्तिमा गत जनवरी र फेब्रअरीमा "राष्ट्रिय प्रतिरक्षा उत्पादन ऐन" आरम्भ गर्नुपर्थ्यो भन्ने कुरामा पनि उहाँले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु