फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी नेताको लापरवाहीले युरोप तथा अमेरिकामा कोभिड १९ फैलियो

(GMT+08:00) 2020-03-23 19:08:02
अमेरिकामा देखिएको कोरोना भाइरस महामारीको कठिन नियन्त्रण कार्यमा अमेरिकाले चीनलाई हिलो छ्याप्न खोजेको बेलामा मार्च २० तारिख अस्ट्रेलियाका प्रधानमन्त्री स्कोट मोरिसनले सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै "अत्याधिक संक्रमितहरु अमेरिकाबाट आएका" बताउनुभयो। अस्ट्रेलियाले मार्च २० तारिख बेलुकादेखि सम्पूर्ण विदेशी यात्रीहरुलाई अस्ट्रेलिया प्रवेशमा निषेध गर्दै आएको छ।

अमेरिकाले अरु देशलाई कसरी ध्वस्त बनाएको छ भन्ने कुरा उसले सबैभन्दा पहिले आफ्नै मुलुक हेरेर भन्नुपर्छ।

गत फेब्रुअरी महिनामा अमेरिकाले महामारीको प्रतिरोध गर्ने कुनै पनि प्रभावकारी कदम चालेको थिएन। विश्वका अन्य देशहरुले कोरोना भाइरस महामारीलाई सार्वजनिक स्वास्थ्यका लागि एउटा त्रास-धम्की रहेको ठहर गर्दा अमेरिकी नेताले त्यसलाई सार्वजनिक सम्बन्ध मामिलाको रुपमा लिएका थिए। अमेरिकी नेताले यस समस्याको समाधान गर्ने मुख्य तरिका सो समस्याको विद्यमानको अवस्थालाई अस्वीकार गर्नु थियो।

महामारी चर्कंदै आएको शिलशिलामा अमेरिकी नागरिकहरुले अरु बढी असन्तुष्ट व्यक्त गर्न थाले। अमेरिकाले मार्च १३ तारिख राष्ट्रिय संकटकाल घोषणा गर्नुका साथै महामारीको प्रतिरोध गर्न अनेकन कदम चाल्ने वचनबद्धता दिएको थियो। तथापि त्यसलाई व्यवहारमा उतारिएको थिएन।

अहिलेसम्म अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ३५ हजारभन्दा बढी पुगी विश्वको तेस्रो स्थानमा रहेको छ। यसो भएतापनि अमेरिकी सरकारले "धेरै ठाउँमा महामारीको अवस्था गम्भिर नभएको" दाबी गरी अरु देशलाई हिलो छ्याप्दै आएको छ।

जानकारी तथा लेखहरु