फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाललाई एक्लो हुन नदिने नेपालका लागि चिनियाँ राजदूतको भनाइ

(GMT+08:00) 2020-03-24 16:44:04

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालका लागि आफूहरुले प्रार्थना गरिरहेको बताउनु भएको छ। उहाँले चीनबाट चिकित्सा सामग्री ल्याउने प्रयास गरिरहेको पनि बताउनु भएको नेपाल खबर अनलाइनले लेखेको छ। सोमबार ट्विटरमार्फत राजदूत होउले चीन नेपालीहरुको साथमा रहेको जनाउनु भएको हो।

'हामी नेपालका लागि प्रार्थना गर्छौं र केही चिकित्सा सामाग्री ल्याउन सक्दो संयोजन गर्दैछौं। हामी साथमा छौं,' उहाँले लेख्नु भएको छ। नेपालले यसअघि नै चीन र भारतसँग स्वास्थ्य सामग्री मागिसकेको छ। नेपालले चीनसँग पर्सनल प्रोटेक्सन इक्विपमेन्ट, कोरोना परीक्षण किट, ल्याबसहितको मोबाइल एम्बुलेन्सलगायत उपकरण माग गरेको छ।

आफ्नो देशमा कोरोना भाइरस संक्रमण जियन्त्रणमा लिन सफल भएको चीन अहिले यूरोप र एशियाका देशहरूमा यो प्रकोप नियन्त्रणमा लिन सहयोग गरिरहेको छ। इटाली, कम्बोडिया लगायतका देशमा चिकित्सकहरू सहितको सहयोग टोली पठाइसकेको चीनले नेपाललाई पनि आवश्यक सहयोग गर्ने बताउँदै आएको छ।

सोमबार नै काठमाडौँमा एक जना कोरोना भाइरस संक्रमित फेला परेपछि सरकारले मंगलबार बिहानबाट देशभर लक डाउन घोषणा गरेको छ।

जानकारी तथा लेखहरु