फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी र फ्रान्सका राष्ट्रपति माकरोनबीच टेलिफोन वार्ता

(GMT+08:00) 2020-03-24 17:09:36
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मार्च २३ तारिख बेलुका फ्रान्सका राष्ट्रपति एमान्युएल माकरोनसँग टेलिफोन वार्ता गर्नुभयो।

सो टेलिफोन वार्तामा राष्ट्राध्यक्ष सीले चालू वर्षको जनवरीदेखि कोरोना भाइरस महामारीको प्रतिरोध गर्ने निर्णायक अवधिमा आफूले महामहिम राष्ट्रपतिसँग ३ पटक टेलिफोन वार्ता गरेको कुराबाट आपसी उच्चस्तरीय विश्वास र चीन-फ्रान्स सम्बन्धको उच्च स्तर पूर्ण रुपमा अभिव्यक्त गरिएको कुरामा जोड दिनुभयो। फ्रान्सले महामारीको प्रतिरोध गर्न अनेकन सक्रिय तथा प्रभावकारी कदम चालिरहेको भन्दै फ्रान्स सरकार तथा फ्रान्सका जनतालाई राष्ट्राध्यक्ष सीले हार्दिक सान्त्वना पनि व्यक्त गर्नुका साथै फ्रान्सको कदमको दृढताका साथ समर्थन दिएको बताउनुभयो। उहाँले फ्रान्सलाई भ्याएसम्म समर्थन तथा सहयोग पुर्‍याउन चीन इच्छुक रहेको पनि बताउनुभयो।

त्यसै गरी फ्रान्सका राष्ट्रपति एमान्युएल माकरोनले फ्रान्सको महामारीको परिस्थिति तथा सम्बन्धित कदमबारे जानकारी दिनुभयो। चीन सरकार तथा चिनियाँ जनताले विशाल साहस तथा तत्कालीन कदममार्फत छोटो समयमा महामारीको प्रभावकारी रुपमा नियन्त्रण गरेकोमा उहाँले त्यसको प्रशंसा गर्नुभयो। चीनले पुर्‍याएका मूल्यवान समर्थन तथा सहयोगप्रति फ्रान्सले ह्दयदेखि कृतज्ञता ज्ञापन गरेको पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु