फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जी २० मुलुक समूहका वित्त मन्त्री तथा केन्द्रीय बैंकका गभर्नरको भिडियो सम्मेलन

(GMT+08:00) 2020-03-24 17:10:00
जी २० मुलुक समूहका वित्त मन्त्री तथा केन्द्रीय बैंकका गभर्नरहरुले मार्च २३ तारिख भिडियो सम्मेलनको आयोजना गरी कोरोना भाइरस महामारीबाट विश्वको अर्थतन्त्रमा ल्याउने प्रभावबारे छलफल गरी महामारीबाट ल्याइने त्रास-धम्कीको संयुक्त रुपमा सामना गर्ने सहमति जनाएका छन्।

जी २० मुलुक समूहको वर्तमान अध्यक्ष मुलुक साउदी अरबियाले सो भिडियो सम्मेलनको आयोजना गरेको हो। साउदी अरबियाका वित्त मन्त्री मोहमद एल जादानले कोरोना भाइरस महामारीबाट विश्वको अर्थतन्त्रमा गम्भिर प्रभाव पारेको भन्दै जी २० मुलुक समूहले समन्वयात्मक क्रियाकलाप गरी महामारीबाट प्रभावित व्यक्ति तथा व्यवसायहरुलाई समर्थन दिनुपर्ने, विश्वको अर्थतन्त्र तथा बैंकिंग बजारको स्थिरताको संरक्षण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।

यसका साथै विश्व स्वास्थ्य संगठनका निर्देशक टेड्रोस अदहानोम धेभ्रेयुसुसले मार्च २३ तारिख जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा जी २० मुलुक समूहले एकबद्ध भएर शक्तिशाली राजनीतिक वचनबद्धताको पालना गर्नसक्ने तथा महामारीको समन्वयात्मक प्रतिरोध गर्न आह्वान गर्नुभयो।

जानकारी तथा लेखहरु