फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीजीटीएनद्बारा रोग सम्बन्धी "विश्व संयुक्त उपचार कक्षा" स्थापना

(GMT+08:00) 2020-03-24 17:10:47
चाइना मिडिया ग्रुप अन्तर्गत चाइना अन्तर्राष्ट्रिय टेलिभिजन नेटवर्क सीजीटीएन मातहतको रोग सम्बन्धी "विश्व संयुक्त उपचार कक्षा" विशेष कार्यक्रममा मार्च २१ तारिख एउटा विशेषतायुक्त त्रिपक्षीय भिडियो सम्मेलनको आयोजना गरियो। वुहानलाई सहायता गरेका पैचिङ सेह अस्पतालका केही चिकित्सकले अमेरिकी प्रिन्स्टन विश्वविद्यालय अन्तुर्गत चिकित्सा केन्द्रका चिकित्सकहरूसित कोभिड-१९ महामारीको औषधोपचार योजना र चिकित्साकर्मीको दबाव र तनावपूर्ण भावनालाई कसरी शिथिल पार्ने आदि विषयहरूबारे वैचारिक आदान-प्रदान गरेका छन्।

"विश्व संयुक्त उपचार कक्षा" सीजीटीएनले प्रस्तुत गरेको रोग निवारण सम्बन्धी एउटा विशेष कार्यक्रम रहेको छ। त्यस कार्यक्रमले रोग निवारण सम्बन्धी पहिलो पङ्क्तिमा कार्यरत चिनियाँ र विदेशी चिकित्साकर्मी र विशेषज्ञहरूलाई निमन्त्रणा दिएर भिडियो सम्मेलनको तरिकामार्फत कोभिड-१९ संक्रमितको औषधोपचार अवस्था र वास्तविक निवारण अनुभवबारे विचार-विमर्श र उपभोग गर्ने गरेको छ।

हालसम्म नयाँ मिडिया चौतारोको दृष्टिबाट हेर्दा विश्वमा त्यस शृंखलाबद्ध विशेष कार्यक्रमको अवलोकन गर्ने दर ३ करोड ३१ लाख ५० हजार पुगेको छ। तीमध्ये भिडियो सम्मेलन हेर्ने दर ९२ लाख ३० हजार पुगेको देखिन्छ।

जानकारी तथा लेखहरु