फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिकाको सहकार्यमा रोग निवारण हुने कुरा विश्वका लागि महत्वपूर्ण

(GMT+08:00) 2020-03-24 18:52:20
कोभिड-१९ भाइरस निरन्तर रुपमा फैलिँदै रहेको अवस्थामा हालसम्म विश्वमा ३ लाखभन्दा बढी मानिसहरू संक्रमित भएका छन्। विश्वका विभिन्न मुलुकले एकताबद्ध भएर रोगको प्रतिरोध गर्ने बेला अमेरिकी सरकारले आफ्नो शक्तिलाई एउटा "सार्वजनिक आन्दोलन"मा तानेर चीनलाई तारो बनाउन खोजेको छ। अमेरिकी "द डेली बिस्ट"ले ह्वाइट हाउसको एउटा लेख उद्धृत गर्दै, सञ्चार-माध्यमसमक्ष सबैको भनाइलाई एकीकृत पारेर रोगको अवस्थालाई लुकाएकाले कोभिड-१९ महामारीलाई पूरै विश्वमा फैलिएको भन्दै चीनमाथि दोषारोपण लगाउन अमेरिका सरकारले संघीस सरकारका पदाधिकारीहरूलाई आग्रह गरेको छ।

पैचिङ विश्वविद्यालय अन्तर्गत अमेरिका अनुसन्धान केन्द्रका प्रमुख वाङ योङले अन्तर्वार्ता दिँदै विश्वका दुईवटा सबभन्दा ठूलो आर्थिक समुदायको हैसियतले चीन र अमेरिका दुवै देशको सहकार्यद्बारा रोग निवारण गरिने कुराको पूरै विश्वका लागि ज्यादै महत्वपूर्ण अर्थ रहेको कुरा औँल्याउनुभएको छ। ट्रम्प सरकारले चीनमाथि लगाएको आरोपले चीन-अमेरिका द्बिपक्षीय सम्बन्धलाई ध्वस्त पारेको मात्र नभई दुवै देश बीच आवत-जावत हुने बाटोमा पनि अवरोध पुर्‍याएको छ।

सम्बद्ध विश्लेषण अनुसार, ट्रम्प सरकारको उक्त कारवाईमा दुईवटा उद्देश्य रहेको छ। एकातिर त्यसले आफ्नो कर्तव्यलाई पन्छाएर रोग निवारण गर्ने सरकारको कमजोर कदममाथि सर्वसाधारणको आलोचनालाई अन्यत्र सार्न खोजेको छ भने अर्कातिर निरन्तर रुपमा चीन भन्ने सशक्त प्रतिस्पर्धीलाई बदनाम गर्दै जान खोजेको छ।

संयुक्त राष्ट्र संघका महासचिव आन्टोनिओ गुटेरेसले यस पटकको कोभिड-१९ महामारी एकताबद्ध भएर मात्र पार गर्न सकिने मानव जातिको संकट हो भन्ने कुरामा जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु