फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना परीक्षण किट आपूर्तिका लागि सघाउनुस् निजी क्षेत्रलाई आव्हान

(GMT+08:00) 2020-03-25 16:54:10

कोरोना भाइरस (कोभिड-१९)को विश्वव्यापी महामारी फैलिरहेका बेला नेपाल सरकारले भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाइरहेको छ। नेपालमा कोरोना संक्रमणको अवस्था दर्लागो नदेखिए पनि सम्भावित खतरालाई ध्यान दिंदै मुलुक 'लकडाउन' गरिएको छ।

भाइरसको परीक्षणका लागि आवश्यक पर्ने किट (स्वास्थ्य उपकरण) नहुँदा परीक्षण नै प्रभावित भैरहेको भनिएका बेला सरकारले त्यस्ता उपकरण आपूर्ति गर्न निजी क्षेत्रलाई आह्वान गरेको जनदिशा अनलाइनले लेखेको छ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले स्थानीय बजारमा उपलब्ध नभएका स्वास्थ्य उपकरण आपूर्ति गर्न निजी क्षेत्रलाई आह्वान गरेको हो। बैठकपछि सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले निश्चित दिनभित्र त्यस्ता उपकरण ल्याउन सक्नेहरुसँग समन्वय गरेर आपूर्ति सहज गर्ने निर्णय भएको जानकारी दिनुभयो।

अहिले चिकित्सकहरुले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन ९५ मास्कलगायत सुरक्षा उपकरण नपाउँदा कोरोनाको शंकास्पद विरामीसमेत जाँच्न नसक्ने अवस्था छ। सरकारले पीपीई भएको बताए पनि चिकित्सकले अहिलेसम्म पाएका छैनन्। नेपालमा हालसम्म जम्मा तीन जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। जसमध्ये एकजना उपचारपछि निको भएर डिस्चार्ज भैसकेका छन् भने बाँकी दुईजनामा संक्रमित पुष्टि भएको हो। केही विज्ञहरुले भने आवश्यक मात्रामा उपकरण नहुँदा परीक्षण नै हुन् नसकेकाले संक्रमितको यथार्थ तथ्यांक दिन नसकिने बताउँदै आएका छन्।

जानकारी तथा लेखहरु