फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी थिङ्कट्याङ्कद्बारा ट्रम्प सत्तालाई दोषारोपण

(GMT+08:00) 2020-03-25 16:54:53
हालै बेलायती सत्र्चार-माध्यम "द गार्जियन"ले एउटा रिपोर्ट सार्वजनिक गर्दै कोभिड-१९ महामारीबाट ट्रम्पको सत्तारुढ क्षमता प्रतिबिम्बित गरिएको कुरा जनाएको छ। लेखका अनुसार, केही अमेरिकी थिङ्कट्याङ्कले के ठहर गरेका छन् भने ट्रम्पले सकेसम्म छिटो गरी रोग निवारण र नियन्त्रण गर्ने कदम लागू गर्न नसकेको मात्र नभई विशेषज्ञ, वैज्ञानिक र सरकारप्रति सर्वसाधारणको विश्वासलाई पनि ध्वस्त पार्नुभएको छ।

लेखमा भनिएको छ: आकस्मिक अवस्थामा सर्वसाधारणले उनीहरूका नेताले केही प्रभावकारी र वास्तविक कदम चाल्नुका साथै उनीहरूको जीवनलाई सही निर्देशन दिनसक्ने आशा गर्ने गर्दथे। तर यस विषयमा ट्रम्पको भनाइ र गराइ दुवै नै मापदण्ड अनुकूल छैन। उहाँ एकजना गलत मानिस हुनुहुन्छ। उहाँ गलत समयमा गलत स्थानमा रहनुभएको छ।

कोभिड-१९ महामारीबाट ट्रम्पको कमजोर विन्दु स्पष्टसँग प्रतिबिम्बित भएको देखिन्छ। उहाँले धेरै वर्षको प्रयोग गर्दै विशेषज्ञ, संस्था, वैज्ञानिक, सञ्चार-माध्यम, विश्वव्यापी गठबन्धन र सरकारप्रति सर्वसाधारणको विश्वासलाई ध्वस्त पार्नुभयो। तर अहिले नै सर्वसाधारणका लागि ती विश्वास एकदमै चाहिने बेला रहेको छ।

जानकारी तथा लेखहरु