फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोभिड १९ उद्धार ७० टन चिनियाँ सामान हंकेरी पुग्यो

(GMT+08:00) 2020-03-25 18:53:51
हंगेरीले चीनबाट किनेको कोरोना भाइरस महामारी उद्धार केही सामानहरु हिजो मार्च २४ तारिख विहान बुडापेस्टस्थित लिस्ट फिरेन्च अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेका छन्। हंगेरीका प्रधानमन्त्री भिक्टोर ओरबान, आविष्कार तथा प्रबिधि मन्त्री पालकोभिक्स लास्चलो र हंगेरीका लागि चिनियाँ राजदूत त्वान चे लुङले विमानस्थलमा स्वागत गर्नुभयो। यस पटकको चिकित्सा सामानहरुको कूल तौल करिब ७० टन रहेको छ। तीमध्ये ३० लाख मास्क, कोरोना भाइरस जांच्ने १ लाख किट, ८६ भेंटिलेटर, एक लाख सुरक्षात्मक कपडा तथा एक लाख जोडी पन्जा समावेश छन्।

हंगेरीका आविष्कार तथा प्रबिधि मन्त्री पालकोभिक्स लास्चलोले हंगेरी र चीन बीचको घनिष्ट सहयोगको प्रशंसा गर्नुभयो। उहाँले यस पटकको विश्वव्यापी स्वास्थ्य चुनौतीले हंगेरी र चीनलाई एकबद्ध भई दुई मुलुक बीचको सहयोगात्मक स्तरलाई उकासेको दाबी गर्नुभयो।

टर्कीका स्वास्थ्य मन्त्रालयले मार्च २४ तारिख चीनबाट आयातित कोरोना भाइरसको उपचार गर्ने औषधि चिकित्सा विमानमार्फत टर्कीको राजधानी अंकाराबाट टर्कीका ४० शहरमा पुर्‍याइएको जनाएको छ।

जानकारी तथा लेखहरु