फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीको प्रतिरोधमा अमेरिकी राजनीतिक क्षेत्रमा वाद-विवाद चर्कदै

(GMT+08:00) 2020-03-25 18:54:27
कोरोना भाइरस महामारी अमेरिकामा निरन्तर फैलिँदै गएको सिलसिलामा अमेरिकी राजनीतिक क्षेत्रमा पनि कसले जिम्मेवारी वहन गर्ने विषयमा वाद-विवाद चर्को हुँदै आएको छ।

सो अन्तर्विरोध सर्वप्रथम संघीय सरकार तथा स्थानीय सरकारबाट उत्पन्न भएको हो। महामारीको प्रतिरोधमा असफल काम गरेका अमेरिकी सर्वोच्च नेता तथा उहाँको नेतृत्वमा रहेको संघीय सरकार केही गभर्नरहरुको दोषारोपणको केन्द्रबिन्दु बनेका छन्।

इलिनोइस राज्यका गभर्नर जै रोबर्ट परिचकरले संघीय सरकारको तयारी कार्य अपूर्ण रहेको र त्यसको गतिबिधि सुस्त भएको दोष लगाउनुभयो। यसमो जवाफ दिँदै अमेरिकी सर्वोच्च नेताले अस्ति मार्च २३ तारिख ट्विटरमा "आफ्नै समस्याको सट्टामा संघीय सरकारले वहन गर्नुनपर्ने "भनाइ जनाउनुभयो।

मेरिल्याण्ड राज्यका गभर्नर लारी होगनले मार्च २३ तारिख एनबीसीलाई अन्तर्वार्ता दिँदै सर्वोच्च नेता तथा उहाँको नेतृत्वमा रहेको संघीय सरकारले महामारीको प्रतिरोधमा पूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।

राष्ट्रपति निर्वाचनका लागि डमोक्य्राटिक पार्टीका उमेदवार व्यक्ति जोइ बाइदनले संघीय सरकारले कोरोना भाइरसको फैलावटको रोकथाम गर्न तुरुन्तै कारवाही नगरेको, बरु सो भाइरसलाई फ्लु जस्तै बनाएर अमेरिकीहरुका लागि भाइरसको खतरा बढाएको आरोप गर्नुभयो। त्यसका अतिरिक्त उहाँले ट्विटरमा अमेरिकी राष्ट्रपतिको "चिनियाँ भाइरस" को भनाइको खुला रुपमा आलोचना पनि गर्नुभयो।

जानकारी तथा लेखहरु