फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जी२० भिडियो शिखर सम्मेलनप्रति चीनको प्रतिक्षाबारे चर्चा

(GMT+08:00) 2020-03-25 18:55:06
चीनका राष्ट्राध्यक्ष सी चिनफिङ मार्च २६ तारिख बीस मुलुक समूह अर्थात् जी२० को कोभिड-१९ विशेष शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ। चीनका उप परराष्ट्र मन्त्री मा चाउ स्युले मार्च २५ तारिख चीनका धेरै सञ्चार-माध्यमलाई अन्तर्वार्ता दिंदै सो शिखर सम्मेलनको पृष्ठभूमि र चीनको प्रतिक्षाबारे जानकारी दिनुभएको छ।

उप मन्त्री माका अनुसार, हाल कोभिड-१९ महामारी विश्वका धेरै स्थानमा देखा परेकाले गम्भीर राजनीतिक, आर्थिक र सामाजिक असर पारेको देखिन्छ। यस्तो कठिन अवस्थामा अन्तर्राष्ट्रिय समाजले सहकार्यलाई सबल पार्दै संयुक्त रुपमा रोगको प्रतिरोध गर्नु निकै आवश्यक कुरा हो। विश्वका लागि संकटको सामना गर्ने र आर्थिक सञ्चालन गर्ने एक महत्वपूर्ण चौतारोको हैसियतले जी२० मा मुख्य विकसित आर्थिक समुदाय र उदियमान बजारमूलक आर्थिक समुदाय पनि समावेश छन्। सन् २००८ को अन्तर्राष्ट्रिय बैकिङ संकटको सामना गर्ने क्रममा जी २०ले ज्यादै महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

जी२० का अन्य सदस्यहरूसँगै मिलेर यस पटकको शिखर सम्मेलनमा सकारात्मक उपलब्धि प्राप्त गर्नसक्ने प्रतिक्षामा चीन रहिरहेको कुरा पनि उप मन्त्री माले बताउनुभएको छ।

जानकारी तथा लेखहरु