फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ उत्पादनमा भाइर रहेको हास्यास्पद चर्चा

(GMT+08:00) 2020-03-25 19:20:49
केही अमेरिकी राजनीतिज्ञले कोभिड-१९ भाइरसलाई चिनियाँ भाइरस अथवा वुहान भाइरस भन्ने सिलसिलामा केही पश्चिमा जगतका व्यक्तिले चीनबाट किनेका उत्पादित वस्तुमा भाइरस रहेको गलत भनाइले चिनियाँ उत्पादनको विरोधमा उत्तेजना थपेका छन्।

यस्तो खराब भनाइ वास्तवमा रोगको नाउँमा जातीय भेदभाव र राजनीतिक आक्रमण मच्चाउन खोजेको कार्य एउटै किसिमको हो। त्यसको उद्देश्य कुनै निराधार नाममा बदनाम गरेर चीनलाई दोषारोप गर्दै चीन र अन्य मुलुक बीचको अन्तर्विरोध मच्चाएर आफ्नो स्वार्थसिद्ध गर्न खोजिएको हो।

बिगत केही वर्षयता चीनले निरन्तर रुपमा सुधार र खुलापनलाई गहन पार्दै आएकाले विश्वका धेरै मुलुकका लागि ठूलो विकास हुने सुअवसरको पनि सिर्जना गरेको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हाल विदेशी नेताहरूसँग टेलिफोन गर्दै विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय समाजसँग रोग निवारण र नियन्त्रण सम्बन्धी चीनको अनुभवबारे पूर्ण रुपमा उपभोग गर्न चीन इच्छुक रहेको कुरा औँल्याउनुभएको छ।

कोभिड-१९ साझा शत्रुको सामना गर्दा सहयोग नै मानव जातिको एउटा मात्र छनौट रहेको छ। भाइरस भन्ने विचार लिंदै विश्वको व्यवहार गर्ने ती व्यक्तिलाई थाहा छैन होला, उनीहरूले निकालेका विविध निधारा न‌क्कली भनाई वास्तवमा अन्तर्राष्ट्रिय हास्य कुराको रुपमा परिणत भएका छन्।

जानकारी तथा लेखहरु