फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालले चीनसँगका रसुवागढी र तातोपानी नाका सुचारु गर्ने

(GMT+08:00) 2020-03-26 17:16:20

स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनको रसुवागढी र तातोपानी नाकाबाट सामान आयात निर्यात कार्य सुचारु गरिने भएको छ। आयात निर्यात सुचारु गर्न आवश्यक समन्वय गृह र अर्थ मन्त्रालयले गर्नेछ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहनुभएको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सो निर्णय गरेको गोरखापत्र अनलाइनले लेखेको छ।

बैठकले नेपालमा रहेका विदेशी नागरिकलाई आफ्नो मुलुक फर्काउने भएको छ। नेपालका विभिन्न स्थानमा रहेका विदेशीलाई हवाई उद्धार गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर सम्बन्धित मुलुक फर्काइने बैठकले निर्णय गरेको छ। विदेश फर्कीजान उडानको समय नमिलेको अवस्थामा सो अवधिभर विमानस्थल नजिकैको होटलहरुमा सेल्फ क्वारेन्टाइनमा राखिने जनाइएको छ।

विदेशबाट फर्किएकाको अभिलेख राखिने बैठकले भारत एवं सेस्रो मुलुकबाट फर्किएका नेपालीको अभिलेख राख्न स्थानीय तहलाई निर्देशन दिएको छ। विदेशबाट फर्किएकाहरुको स्वास्थ्य सम्बन्धी अभिलेख दैनिक रुपमा राख्नुपर्ने र स्थानीय स्वास्थ्य संयोजकले कोभिड–१९ को लक्षण देखिएका व्यक्तिको विवरण प्रत्येक दिन प्रमुख जिल्ला अधिकारीलाई उपलब्ध गराउनुपने जनाइएको छ। प्राप्त विवरणलाई प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय आपल्कालिन कार्य सञ्चालन केन्द्रमा पठाउनु पर्ने व्यवस्था गरिएको छ।

सो केन्द्रले आपत्कालीन स्वास्थ्य कार्यसञ्चालन केन्द्रमा दैनिक रुपमा पठाउने व्यवस्था गरिने जनाइएको छ। यस्तै, प्रदेश र स्थानीय तहहरूले क्वारेन्टाइनको व्यवस्था गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ। इन्डक्सनमा भन्सार छुट बैठकले इन्डक्सन चुल्हो प्रयोगमा उपभोक्तालाई प्रोत्साहित गर्न विद्युत महसुल र भन्सार महसुलमा छुट दिने निर्णय गरेको छ। कोभिड–१९ को सङ्क्रमणका कारण इन्धन आपूर्तिमा पर्नसक्ने असरबाट उपभोक्तालाई राहत दिन विद्युत महसुल र इन्डक्सनमा भन्सार महसुल छुट दिने व्यवस्था गर्न लागेको हो।

जानकारी तथा लेखहरु