फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको मुख्य भूमिमा मार्च २५ का दिन कोभिड १९ का ६७ जना थपिए

(GMT+08:00) 2020-03-26 17:20:32
चीनको राष्ट्रिय स्वास्थ्य समितिका अनुसार, मार्च २५ तारिख चीनको मुख्य भूमिमा कोरोना भाइरसका संक्रमितको संख्यामा ६७ जना थपिएका छन्। उनीहरु सबै विदेशबाट चीन आएका हुन्। मार्च २५ तारिख चीनको मुख्य भूमिमा कोरोना भाइरसबाट ६ जनाको मृत्यु बढेको छ। सोही दिन संदिग्ध विरामीहरुको संख्या ५८ ले बढेको छ भने उनीहरु विदेशबाट आएका हुन्। विदेशबाट आएका संक्रमितहरुको कूल संख्या ५४१ पुगेको छ।

मार्च २५ तारिखसम्म चीनको मुख्य भूमिमा कोरोना भाइरसबाट संक्रमितको कूल संख्या ८१, २८५ रहेको छ। वर्तमान संदिग्ध विरामीहरुको संख्या १५९ रहेको छ। निको भएर अस्पतालबाट डिस्चार्ज भएकाको संख्या ७४,०५१ रहेको छ। ३२८७ जनाको मृत्यु भएको छ।

त्यसै गरी हङकङ, मकाउ तथा थाईवान क्षेत्रमा कोरोना भाइरसबाट संक्रमित कूल संख्या ६७५ रहेको छ।

जानकारी तथा लेखहरु