फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीजीटीएनको "विश्वको महामारीको निदान गर्ने कोठा" कार्यक्रममा चिनियाँ परम्परागत चिकित्सा विधि सम्बन्धी विषय प्रसारण हुँदै

(GMT+08:00) 2020-03-26 17:21:05
चाइना मिडिया ग्रुप अन्तर्गत सीजीटीएनको "विश्वको महामारीको निदान गर्ने कोठा"कार्यक्रममा मार्च २६ तारिख बेलुका ८ बजे चिनियाँ परम्परागत चिकित्सा विधि सम्बन्धी विषय प्रसारण हुँदैछ। कोरोना भाइरस महामारीको उपचार गर्ने चिनियाँ परम्परागत चिकित्सा विधि सम्बन्धी विशेषज्ञहरु र विदेशी चिकित्साकर्मीहरुले भिडियोबाट महामारीको प्रतिरोधमा चिनियाँ परम्परागत चिकित्सा विधिको भूमिका तथा अनुभवबारे आदान-प्रदान गर्नेछन्।

भारत, पाकिस्तान, क्यानाडा, बेलायत, लेबनान्, अफगानिस्तान तथा इरानका धेरै चिकित्साकर्मीहरुले चिनियाँ परम्परागत चिकित्सा विधिका ६ जना विशेषज्ञ सो कार्यक्रममा सहभागी हुने छन्।

सो अन्तर्क्रिया कार्यक्रममा कोरोना भाइरसको प्रतिरोधमा चिनियाँ जडिबुटी औषधी तथा चिनियाँ परम्परागत चिकित्सा विधिको भूमिकालाई महत्व दिइनेछ। समस्त चीनको चिनियाँ परम्परागत चिकित्सा विधि प्रणालीमा करिब पाँच हजार चिकित्साकर्मीले हु पै प्रान्तमा उपचार कार्य गरेका छन्। चिनियाँ परम्परागत चिकित्सा विधिले महामारीको उपचारमा प्रभावकारी भूमिका निर्वाह गरेको छ।

जानकारी तथा लेखहरु