फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राजनीतिज्ञद्बारा रोग निवारण सम्बन्धी चीनको प्रयासमाथि लान्छना

(GMT+08:00) 2020-03-26 17:23:03
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले मार्च २६ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिकी राजनीतिज्ञले रोग निवारण सम्बन्धी चीनको प्रयासलाई बंग्याएको र त्यसको बदनाम गरेको खास कारण सर्वसाधारणको नजरलाई अन्यत्र मोड्ने र आफ्नो जिम्मेवारी पन्साउन खोज्नु रहेको भन्दै त्यस्तो विचार एकदमै कपटपूर्ण र खराब रहेको औँल्याउनुभएको छ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले ७ मुलुक समूहका विदेश मन्त्रीहरूको भिडियो सम्मेलनमा निरन्तर रुपमा चीनको राजनीतिक व्यवस्थामाथि आलोचना गर्दै पुन: कोभिड-१९ भाइरसलाई वुहान भाइरस भन्नु भएको छ। यस विषयबारे चर्चा गर्दै प्रवक्ता कङले पोम्पेओको उक्त भनाइको चीनले कडा शब्दमा निन्दा गरेको बताउनुभएको छ।

कोभिड-१९ महामारी देखा परेयता चीनले सबभन्दा गम्भीर कदम चालेर रोग निवारण र नियन्त्रण कार्यमा सकारात्मक प्रगति प्राप्त गर्नुका साथै विश्वमा रोग निवारण संघर्षका लागि योगदान पनि गरेको प्रवक्ता कङले बताउनुभएको छ।

जानकारी तथा लेखहरु