फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीद्बारा विश्व स्वास्थ्य संगठनका महाप्रबन्धकलाई जवाफी पत्र

(GMT+08:00) 2020-03-26 18:51:08
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मार्च २६ तारिख विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक डा.टेड्रोस अधानोम घेब्रेयेसुसलाई जवाफी पत्र लेख्दै विश्वमा कोभिड-१९ महामारी निवारण कार्यलाई अघि बढाउनका लागि उहाँले प्रयास गर्नुभएकोमा प्रशंसा गर्नुका साथै चीनले निरन्तर रुपमा रोग निवारण र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समाजलाई सहायता दिँदै जाने कुरा उल्लेख गर्नुभएको छ।

महाप्रबन्धक टेड्रोसले मार्च १७ तारिख राष्ट्राध्यक्ष सीलाई पत्र पठाउँदै राष्ट्राध्यक्ष सीको नेतृत्वमा चीनले कोभिड-१९ महामारीको प्रतिरोध गर्ने सन्बन्धमा अविश्वासिलो प्रयास गरेको कुरा औँल्याउनुभएको थियो।

आफ्नो पत्रमा राष्ट्राध्यक्ष सीले कोभिड-१९ महामारीबाट के प्रमाणित गरिएको छ भने मानव जाति दु:ख र सुख सँगै बाँचिरहेको एक भाग्यको एकरुपता हो भन्ने कुरामा जोड दिनुभएको छ। विश्व स्वास्थ्य संगठन र विभिन्न मुलुकहरूसँगै मिलेर विश्वको सार्वजनिक स्वास्थ्य सुरक्षाको संरक्षणका लागि योगदान गर्दै जान चीन इच्छुक रहेको कुरा पनि उहाँले आफ्नो पत्रमा उल्लेख गर्नुभएको छ।

जानकारी तथा लेखहरु