फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राजनीतिज्ञहरुले चीनलाई हिलो छ्यापिरहेका छन्

(GMT+08:00) 2020-03-26 18:51:31
सीएनएनले मार्च २५ तारिख गरेको सम्प्रेषणका अनुसार, अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले तथाकथित "उ हान भाइरस" भन्ने शब्दलाई जी ७ मुलुकहरुको समूहको विदेश मन्त्री स्तरीय सम्मेलनको संयुक्त वक्तव्यमा राख्न खोजेता पनि अरु देशले त्यसलाई अस्वीकार गरेका छन्। पोम्पेओको वाहियात गतिबिधिको कारण जी ७ मुलुक समूहको विदेश मन्त्री स्तरीय सम्मेलनले संयुक्त वक्तव्य जारी गर्न सकेन।

युरोपलाई उक्त नतिजाप्रति अवश्य नै खेद लागेको छ। तथापि अरु बढी खेद लाग्ने व्यक्ति पोम्पेओहरु हुन्। अमेरिकाद्वारा जारी गरिएको सार्वजनिक तथ्याङ्क अनुसार, पैचिङ समय मार्च २६ तारिख विहान ७ बजेसम्म अमेरिकामा कोरोना भाइरस संक्रमितहरुको कूल संख्या ६५ हजार २ सय ८५ रहेको छ। तीमध्ये ९२६ जनाको मृत्यु भएको छ। बिगेत ३ दिनदेखि अमेरिकामा संक्रमितहरुको संख्या निरन्तर १० हजारले बढेको छ। विश्व स्वास्थ्य संगठनका प्रवक्ताले मार्च २४ तारिख अमेरिका विश्वको कोरोना भाइरस महामारीको "केन्द्र" हुनसक्ने अनुमान गर्नुभयो।

पूर्वनिर्धारित योजना अनुसार, जी बीस मुलुक समूहका नेताहरुले आज भिडियोमार्फत कोरोना भाइरसको प्रतिरोधबारे शिखर सम्मेलनको आयोजना गर्दै हुनुहुन्छ। चीनले यी समूहका सदस्य मुलुकहरुसँगै मिलेर यस पटकको शिखर सम्मेलनमा सक्रिय तथा व्यावहारिक उपलव्धि हासिल गर्न प्रयास गर्ने स्पष्ट पारेको छ।

अमेरिकाले विश्वको महामारीको प्रतिरोधमा कस्तो उत्तर दिनेछ? अमेरिकी राजनीतिज्ञहरुले स्पष्टसँग सोच विचार गर्नुपर्नेछ।

जानकारी तथा लेखहरु