फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लुम्बिनीबाट फर्कन मानेनन् चिनियाँ पर्यटक

(GMT+08:00) 2020-03-27 19:23:00

बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आएका चिनियाँ पर्यटकहरु कोरोना भाइरसको जोखिम अन्यत्र भन्दा यहाँ कम रहेको भन्दै काठमाडौँ फिर्ता नभई लुम्बिनीकै एक होटलमा बसिरहेका छन्।"सुरुमा तीन चार दिन बस्ने भन्दै बुक गरे, पछि एक महिना बस्छौ, त्यही अनुसार बुक गर्नुहोस् भने" चिनियाँ पर्यटक बसिरहेका लुम्बिनीस्थित होटल सिद्धार्थ इन लुम्बिनी प्रालिका सञ्चालक राजेश शाक्यले भन्नुभयो। नेपाल लक डाउन हुनु अघि आफूले उनीहरुलाई नेपाल लकडाउन हुँदैछ, तपाईंहरु जानुहोस् भन्दा, हामीलाई यहाँ नै ठिक छ, एक महिनाका लागि बुक गरिदिनुहोस् भनेर चिनियाँ पर्यटकले भनेको शाक्यले बताउनु भएको कारोबार अनलाइनले लेखेको छ।

"उहाँहरु अलपत्र अबस्थामा उद्धार पर्खेर बसेको पनि होइन, स्वेच्छाले बस्छु भनेर भनेकोले वर्तमान परिस्थितिमा हामी नेपालीले घरका पाहुनालाई धपाउनु हुँदैन, जानुस् भन्ने संस्कार छैन, त्यसैले गलहत्याएर निकाल्न पनि मिलेन," शाक्यले भन्नुभयो। "हामीलाई यही राम्रो छ, हामी यही ठिकै छौं, उहाँहरुले बारम्बार भन्नुभयो, शाक्यले भन्नुभयो। म अहिले काठमाडौँमा छु तर होटलको कर्मचारीसँग नियमित सम्पर्कमा छु। उहाँहरुमा त्यस्तो कुनै समस्या देखिएको छैन" शाक्यले भन्नुभयो, "उहाँहरुको शरीरको तापमान लगायतका परीक्षण पनि भएको छ। बसेका कुनैपनि पर्यटकमा स्वास्थ्य सम्बन्धि कुनै समस्या अहिलेसम्म देखिएको छैन्" चिनियाँ पर्यटकले अहिले आफूहरुलाई उद्धार गरी काठमाडौं पठाउन जरुरी नरहेको र आफूहरु यहीँ खुसी रहेको बताउने गरेको होटलका कर्मचारीले जनाएका छन्।

लुम्बिनीको उक्त होटलमा रहेका चिनियाँहरुको संख्या १६ बढी छ। उनीहरु चैत ४ गते होटलमा आएका हुन्। उनीहरु काठमाडौंबाट लुम्बिनी आएका हुन्। उनीहरुको लुम्बिनी आगमन भएको मितिअनुसार चीनमा कोरोना भाइरसको प्रकोप बढ्दा उनीहरु नेपाल प्रवेश गरेको बुझिन्छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले रुपन्देहीमा अहिले कति विदेशी रहेको भन्ने यकिन तथ्यांक नरहेको जनाउनुभयो। पर्यटकबाहेक श्रम भिसामा रहेका विदेशी पनि रुपन्देहीमा छन्। निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा २६ जना दक्ष कामदार छन्। उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको छ। २६ जनामध्ये धेरैजसो डिसेम्बरमा चीनबाट फर्किएका र बाँकी केही चिनियाँ नयाँ वर्ष मनाएर फर्किएको पनि करीब २ महिना हुन लागेको विमानस्थल आयोजनाका प्रमुख ई प्रवेश अधिकारीले बताउनुभयो। "सबै चिनियाँ कामदाहरु त्यहाबाट फर्केर आएर सेल्फ क्वारेन्टाइनमा बसेका हुन्, बाहिरी कोहीसँग उनीहरुको सम्पर्क पनि हुँदैन त्यसैले चिनियाँ कामदार स्वस्थ अवस्थामा छन्" अधिकारीले भन्नुभयो।

जानकारी तथा लेखहरु