फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच टेलिफोन कुराकानी

(GMT+08:00) 2020-03-27 19:24:12
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज मार्च २७ तारिख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन कुराकानी गर्नुभएको छ।

सो टेलिफोन कुराकानीमा राष्ट्राध्यक्ष सीले कोरोना भाइरस महामारी देखा परेदेखि चीनले बारम्बार रुपमा खुला, पारदर्शी तथा उत्तरदायी धारणा राखेर समयमै विश्व स्वास्थ्य संगठन र अमेरिका लगायत सम्बन्धित मुलुकहरुलाई महामारीको खबर सुनाएको भन्दै निरन्तर रुपमा यस्तै गरी अन्तर्राष्ट्रिय समाजसँगै मिलेर यस महामारीलाई जित्ने कुरामा जोड दिनुभयो।

राष्ट्राध्यक्ष सीले सरुवा रोग मानव जातिको संयुक्त शत्रु भएको हुनाले अन्तर्राष्ट्रिय समाजले त्यसलाई जित्न संयुक्त रुपमा सामना गर्नुपर्ने भन्दै विभिन्न पक्षको साझा प्रयासमा कोरोना भाइरस महामारीको प्रतिरोध सम्बन्धमा आयोजित जी बीस मुलुक समूहका नेतागण बीचको शिखर सम्मेलनमा सक्रिय उपलब्धि हासिल भएको बताउनुभयो।

राष्ट्राध्यक्ष सीले महामारीको प्रतिरोधमा चीनले चालेको कदमबारे विस्तृत जानकारी दिनुका साथै आफूले अमेरिकाको महामारी अवस्थालाई ध्यान दिएर अमेरिकी राष्ट्रपति ट्रम्पले सालेको अनेकन पाइलाहरु पनि देखेको बताउनुभयो।

त्यसै गरी अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरस महामारीको प्रतिरोध सम्बन्धमा आयोजित जी बीस मुलुक समूहका नेतागण बीचको शिखर सम्मेलनमा राष्ट्राध्यक्ष सीको सम्बोधन आफूले निष्ठापूर्वक सुनेको भन्दै त्यसको प्रशंसा गरेको बताउनुभयो।

अमेरिकी राष्ट्रपति ट्रम्पले सी चिन फिङलाई महामारीको प्रतिरोधबारे चीनको सम्बन्धित कदमबारे विस्तृत सोधखोज गरी महामारीसँग लड्ने युद्धमा चीनको सक्रिय प्रगति देखेकोमा आफूलाई खुसी लागेको प्रकट गर्नुभयो।

जानकारी तथा लेखहरु