फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा विश्वमा महामारीको प्रतिरोधका लागि सशक्त विश्वास तथा प्रेरित शक्ति प्रदान

(GMT+08:00) 2020-03-27 19:24:36
अन्तर्राष्ट्रिय समाजलाई सबैभन्दा चाहिने कुरा विश्वासलाई सुदृढ पारी महामारीको एकिकृत सामना गर्नु, अन्तर्राष्ट्रिय सहयोगलाई चौतर्फी रुपमा सबल पार्नु, महामारीलाई जित्ने सशक्त बलको संकलन गर्नु तथा मानव र भयानक सरुवा रोग बीचको लडाईंमा जित्नु हो। मार्च २६ तारिख बेलुका पैचिङमा कोरोना भाइरस महामारीको प्रतिरोधका लागि जी बीस मुलुक समूहका नेतागण बीचको शिखर सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उक्त आह्वान गर्नुभएको हो।

विश्वमा महामारीको प्रतिरोधको निर्णायक बेलामा विश्वका मुख्य आर्थिक समूह र अन्तर्राष्ट्रिय संस्थाका नेताहरुले पहिलो पटक भिडियोमार्फत छलफल गर्नुभयो। जसको उद्देश्य सम्बन्धित नीति र कारवाहीको समन्वय गर्नु, महामारीको सामना गर्ने अन्तर्राष्ट्रिय सहयोगलाई सबल पार्नु र विश्वको आर्थिक स्थितिलाई स्थिर पार्नु रहेको छ। सो विशेष शिखर सम्मेलनमा राष्ट्राध्यक्ष सीले महत्वपूर्ण मन्तव्यमा चीनको सफल अनुभवबारे जाकारी दिनुका साथै महामारीको प्रतिरोध गर्ने अन्तर्राष्ट्रिय सहयोगलाई सबल पार्ने र विश्वको अर्थतन्त्रलाई स्थिर पार्ने विषयमा चीनको प्रस्ताव प्रस्तुत गर्नुभयो।

सबैभन्दा पहिले महामारी देखा परेको र त्यसलाई सबैभन्दा पहिले नियन्त्रण गरेको मुलुकको रुपमा चीनले महामारीको प्रतिरोधका लागि ठूलो बलिदान दिनुका साथै अरु देशहरुलाई प्रशस्त अनुभव प्रदान गरेको छ। यस विशेष शिखर सम्मेलनमा राष्ट्राध्यक्ष सीले चार सूत्रीय प्रस्ताव प्रस्तुत गर्नुभयो। जुन चीनले मानव जातिको हितलाई लक्षित समूदायको निर्माण गर्ने अर्को व्यवहार हो। भाइरस मानव जातिको संयुक्त शत्रु हो। यस बेलामा चीनद्वारा प्रस्तावित मानव जातिको हितलाई लक्षित समूदाय सम्बन्धी अवधारणा पहिलेको जुनसुकै बेलामा अझ हार्दिक र जरुरी रहेको छ। जी बीस मुलुक समूहले तुरुन्तै कारवाही चलाउनुपर्छ!

जानकारी तथा लेखहरु