फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा सक्रियता साथ विश्व रोग निवारण कार्यमा सहायता

(GMT+08:00) 2020-03-27 19:25:43
हाल संसारमा कोभिड-१९ महामारी तीव्र गतिले फैलिँदै आएको देखिन्छ। रोग निवारण र नियन्त्रण सम्बन्धमा धेरै अनुभव बोकेको मुलुकको हैसियतले चीनले विश्वका विभिन्न मुलुकलाई सहायता दिँदै विभिन्न प्रकारका चिकित्सा सामग्री प्रदान गर्ने, चिकित्सा टोलीलाई तत्स्थानमा पठाउने र चिकित्साकर्मी तथा विभिन्न मुलुकका चिकित्साकर्मीसँग अनलाइनमा वार्ता आदि तरिकामार्फत वास्तविक गतिबिधिद्बारा गभ्मीर रोग पीडित मुलुकलाई हौसला दिएको छ।

मार्च २६ तारिख ४० टनभन्दा बढी रोग प्रतिरोधात्मक मालसामान र चिकित्सा सामग्री बोकेको एउटा विशेष विमान चीनबाट सर्बियाको बेल्ग्रेड अन्तर्राष्ट्रिय विमानस्थल पुगेको छ। सर्बियाका प्रधानमन्त्री अना ब्रनाविक स्वयं विमानस्थल पुगेर स्वागत गर्नुभएको छ।

सोही दिन चीन सरकारले इण्डोनेशिया सरकारलाई सहायता दिएको कोभिड-१९ महामारी प्रतिरोधात्मक चिकित्सा मालसामानहरू जाकार्तामा पुर्‍याइएको छ।

मार्च २६ तारिख दिउँसो पोल्याण्डले चीनबाट खरिद गरेको पहिलो चरणको चिकित्सा सामग्रीहरूलाई वार्सामा पुर्‍याएको छ।

इटलीतर्फ कोभिड-१९ निवारण सम्बन्धी चिनियाँ विशेषज्ञ टोलीले मार्च २६ तारिख फिरेन्जको कारेजी चिकित्सा प्रतिष्ठान पुगेर स्थानीय चिकित्साकर्मी र विशेषज्ञसित रोग निवारण र उपचारबारे वैचारिक आदान-प्रदान गरेको छ।

जानकारी तथा लेखहरु