फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जी २० नेताहरूद्बारा "युद्धकालीन योजना"को तर्जुमा गरेर रोगको प्रतिरोध गर्न संयुक्त राष्ट्र संघका महासचिवद्बारा ताकिता

(GMT+08:00) 2020-03-27 19:26:24
संयुक्त राष्ट्र संघका महासचिव आन्टोनिओ गुटेरेसले मार्च २६ तारिख जी २० मुलुक समूहको कोरोना भाइरस रोग सम्बन्धी विशेष शिखर सम्मेलनलाई सम्बोधन गर्दै "युद्धकालीन योजना"को तर्जुमा गरेर रोगको प्रतिरोध गर्नुका साथै कठिन अवस्थाबाट मुक्ति हुन विकासोन्मुख मुलुकलाई सहायता दिन जी २० मुलुक समूहका नेताहरूलाई ताकिता गर्नुभएको छ।

विश्व स्वास्थ्य संगठनको निर्देशन अनुसार रोगको सामना गर्ने उपयुक्त व्यवस्थाको स्थापना गर्नुका साथै सम्बद्ध गतिबिधिको समन्वय गरेर विकासोन्मुख मुलुकलाई ठूलो परिधिको सहायता दिन महासचिव गुटेरेसले जी २० मुलुक समूहलाई पनि ताकिता गर्नुभएको छ।

एक किसिमको उत्तेजना योजना अपनाएर विकासोन्मुख मुलुकका लागि सम्बद्ध उर्जा-स्रोतको उपलब्ध गराउन महासचिव गुटेरेसले जी २० मुलुक समूहलाई पनि ताकिता गर्नुभएको छ।

जानकारी तथा लेखहरु