फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा मार्च २६ तारिख थपिएको कोभिड-१९ संक्रमितको संख्या ५५

(GMT+08:00) 2020-03-27 19:26:58
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाए अनुसार, मार्च २५ तारिख मध्यरातिदेखि २६ तारिख मध्यरातिसम्म चीनभित्र नयाँ थपिएको कोभिड-१९ महामारी संक्रमितको संख्या ५५ रहेको छ। तीमध्ये विदेशबाट आएको संक्रमितको संख्या ५४ रहेको छ भने एकजना चीनमै संक्रमित भएको हो। यसबाहेक, नयाँ थपिएको मृत्युको संख्या ५ रहेको छ भने शंकास्पद संक्रमितको संख्या ४९ रहेको छ। हालसम्म विदेशबाट चीन आएका संक्रमितहरूको कूल संख्या ५ सय ९५ पुगेको छ।

मार्च २६ मध्यरातसम्म चीनभित्र संक्रमितको कूल संख्या ८१ हजार ३ सय ४० रहेको छ भने शंकास्पद संक्रमितको संख्या १ सय ८९ रहेको छ। हालसम्म निको भएर अस्पतालबाट डिस्चार्ज भएको संख्या ७४ हजार ५ सय ८८ रहेको छ भने मृत्युको कूल संख्या ३ हजार २ सय ९२ रहेको छ। अहिले चिकित्सा सर्वेक्षणमा रहिरहेका घनिष्ट सम्पर्क राख्ने व्यक्तिको संख्या १६ हजार ५ रहेको छ।

यसका अतिरिक्त, चीनको हङ्गकङ्ग, मकाउ र थाइवान क्षेत्रमा निश्चित गरिएका संक्रमितको कूल संख्या ७ सय ३८ रहेको छ।

जानकारी तथा लेखहरु