फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जी २० मुलुक समूह विशेष शिखर सम्मेलनको प्रतिफललाई व्यवहारमा उतार्न चीन इच्छुक

(GMT+08:00) 2020-03-27 19:27:34
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले मार्च २७ तारिख पैचिङमा जी २० मुलुक समूहका नेताहरू कोभिड-१९ महामारीको प्रतिरोध सम्बन्धी विशेष शिखर सम्मेलन मार्च २६ तारिख सफलताका साथ सम्पन्न भएको बताउनुभएको छ। सो शिखर सम्मेलनले एउटा बक्तव्य जारी गर्दै बाह्य जगतसमक्ष जी २० मुलुक समूहका सदस्यहरुले एकताबद्ध भएर रोगको चुनौतीको सामना गर्ने र विश्व आर्थिक स्थिरताको संरक्षण गर्नका लागि सकारात्मक संकेत पनि देखाएका छन्। अन्तर्राष्ट्रिय समाजसँगै मिलेर त्यस विशेष शिखर सम्मेलनमा सम्पन्न प्रतिफललाई राम्रोसँग व्यवहारमा उतार्न चीन इच्छुक रहेको कुरा पनि प्रवक्ता कङले औँल्याउनुभएको छ।

प्रवक्ता कङका अनुसार, चीनका राष्ट्राध्यक्ष सी चिनफिङ उक्त शिखर सम्मेलनमा सहभागी हुँदै चार बुँदे प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ। पहिलो, दृढताका साथ रोग निवारण र नियन्त्रण सम्बन्धी विश्वव्यापी संघर्ष गर्नुपर्छ। दोस्रो, प्रभावकारी रुपमा अन्तर्राष्ट्रिय संयुक्त प्रतिरोध र नियन्त्रण कार्य चलाउनुपर्छ। तेस्रो, भूमिका निर्वाह गर्न विश्व स्वास्थ्य संगठन र जी २० मुलुक समूह लगायतका अन्तर्राष्ट्रिय संगठनलाई सक्रियताका साथ समर्थन गर्नुपर्छ र चौथो विश्व अर्थतन्त्रलाई अधोगति अवस्थामा लैजान नदिनका लागि अन्तर्राष्ट्रिय समष्टिगत आर्थिक नीतिको समन्वयलाई सबल पार्नुपर्छ।

जानकारी तथा लेखहरु