फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिकाले एकताबद्ध भएर महामारीको प्रतिरोध गर्नुपर्ने

(GMT+08:00) 2020-03-27 21:07:00
"वर्तमान परिस्थितिमा चीन र अमेरिकाले एकताबद्ध भएर महामारीको प्रतिरोध गर्नु पर्छ।" आज मार्च २७ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आमन्त्रित भएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन कुराकानीमा उक्त कुरा बताउनुभएको हो।

यस पटक चीन र अमेरिकाका नेता बीचको टेलिफोन कुराकानीका दुई वटा पृष्ठभूमि छन्। पहिलो, अमेरिकामा महामारीको अवस्था तनावपूर्ण छ। अमेरिकी पूर्वी भागको स्थानीय समय मार्च २६ तारिख दिउँसो पाँच बजेर ३७ मिनेटसम्म अमेरिकामा कोरोना भाइरस संक्रमितहरुको संख्या ८२ हजार ४०४ रहेको छ। जसबाट विश्वमा अमेरिका कोरोना भाइरस संक्रमितहरुको संख्या सबैभन्दा बढी भएको मुलुक बनेको छ। र दोस्रो, महामारीको प्रतिरोधमा केही अमेरिकी राजनीतिज्ञहरुले महामारीलाई राजनीतीकरण गरी चीनमाथि हिलो छ्याप्ने कामले महामारीको प्रतिरोधका लागि चीन-अमेरिका सहयोगलाई क्षति पुर्‍याएको छ।

टेलिफोन कुराकानीमा राष्ट्राध्यक्ष सीले महामारी देखा परेदेखि चीनले "कुनै पनि कुरा नलुकाएको" महामारीको प्रतिरोध तथा उपचार गर्ने अनुभवबारे विभिन्न पक्षलाई बाँडेको भन्दै "सकेसम्म " सम्बन्धित मुलुकहरुलाई सघाउ पुर्‍याएको र चीनले निरन्तर रुपमा यस्तै गर्ने जानकारी दिनुभयो।

चीन र अमेरिकाले आपसी सहयोग गरेमा दुवै पक्षका लागि हितकर हुने छ, तैपनि आपसी झगडा गरेमा दुवै पक्षका लागि क्षति हुनेछ। अमेरिकाले वास्तविक गतिबिधि चलाएर चीनसँग आपसी सम्मान, सहयोग तथा संयुक्त विजय हुने सम्बन्धको विकास गर्नसक्ने आशा चीनले गरेको छ।

जानकारी तथा लेखहरु