फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रोग प्रतिरोध गर्ने जरुरी अवस्थामा अमेरिकाद्बारा चीनको आन्तरिक मामिलामा हस्तक्षेप

(GMT+08:00) 2020-03-28 16:36:31
अमेरिकी नेताले मार्च २६ तारिख तथाकथित "थाइपै कानुनी प्रस्ताव २०१९"लाई ऐन-कानुनको रुपमा हस्ताक्षर गर्दै जथाभावी रुपमा अन्य मुलुक तथा चीनबीचको दौत्य सम्बन्धमा अवरोध लगाउनुका साथै तथाकथित "अन्तर्राष्ट्रिय स्पेस"को विस्तार गर्न थाइवानलाई सहयोग दिएर चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गरेका छन्। विश्वमा रोगको प्रतिरोध गर्ने जरुरी अवस्थामा अमेरिकाले यस्तो राजनीतिक नाटक मच्चाएको छ। उसले सर्वसाधारणको ज्यानको बावजुद रोगको प्रतिरोध गर्ने दोस्रो स्वर्ण अवधि पनि गुमाउन खोजेको छ।

उक्त तथाकथित थाइवान सम्बन्धी कानुनी प्रस्ताव एक मात्र चीन भन्ने सिद्धान्त र चीन-अमेरिका ३ वटा संयुक्त विज्ञप्तिसँग गम्भीर रुपमा विपरित भएको मात्र नभई अन्तर्राष्ट्रिय ऐन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमसँग पनि पट्टकै मेल खाएको छैन। जुन थाइवान स्वतन्त्र पक्षधर भन्ने पृथकतावादी शक्तिसमक्ष देखाएको गलत संकेत हुनुका साथै वर्तमान विश्व रोग प्रतिरोध गर्ने सहकार्यमा गरिएको गम्भीर हस्तक्षेप पनि हो।

थाइवान समस्या चीनको केन्द्रीय हितसँग सम्बन्धित रहेकाले एक मात्र चीन भन्ने सिद्धान्त चीन-अमेरिका सम्बन्धको राजनीतिक जग हुनुका साथै अन्तर्राष्ट्रिय समाजको साझा मतैक्य पनि हो।

जानकारी तथा लेखहरु