फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एकताबद्ध भएर सहकार्यमार्फत रोगको प्रतिरोध गर्नु नै विश्वको साझा मतैक्य

(GMT+08:00) 2020-03-28 16:37:23
मार्च २६ तारिख राति आयोजित जी २० मुलुक समूहको पहिलो भिडियो शिखर सम्मेलनमा विशेषत: दक्षिण-पूर्वी एशियाली मुलुक संघ, अफ्रिकी संघ, खाडी अरबेली मुलुकको सहयोग परिषद् लगायतका क्षेत्रीय संगठनका प्रतिनिधिहरू सहभागी हुनुका साथै संयुक्त राष्ट्र संघ, विश्व स्वास्थ्य संगठन, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिहरू पनि सहभागी भएका छन्। सो विशेषतायुक्त अवधिमा आयोजित विशेष सम्मेलनबाट एकताबद्ध भएर सहकार्यमार्फत रोगको प्रतिरोध गर्नु नै विश्वको साझा मतैक्य बनिसकेको देखिन्छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सो शिखर सम्मेलनलाई गर्नुभएको "हातमा हात मिलाएर रोगको प्रतिरोध गर्दै सँगै मिलेर कठिन अवस्थाबाट मुक्ति हुने गरौं" शीर्षकको सम्बोधनको विभिन्न मुलुकका व्यक्तिहरूले उच्च प्रशंसा गरेका छन्।

नेपाली इन्टरनेट प्रयोगकर्ता राजेन्द्र पहाडीले चाइना भिडिया ग्रुपको रिपोर्ट पढेपछि राष्ट्राध्यक्ष सी चिनफिङले जी २० मुलुक समूहको शिखर सम्मेलनमा प्रस्तुत गर्नुभएको विभिन्न मुलुकले संयुक्त प्रतिरोध र नियन्त्रण व्यवस्थाको स्थापना गर्ने प्रस्तावको हामीले निकै स्वीकार गरेका छौं भन्दै प्रतिक्रिया लेख्नु भएको छ।

भारतीय ग्लोबल थिङ्कट्याङ्क अन्तर्गत चीन अध्ययन केन्द्रका प्रमुख प्रसुन शर्माले रोग निवारण र नियन्त्रण गर्ने अवधिमा चीनले मानव जाति भाग्यको एकरुपता नामक विचारधारालाई राम्रोसँग व्यवहारमा उतार्नुका साथै सक्रियताका साथ अरु देशलाई सहायता दिएको ठहर गर्नुभएको छ।

इरानका वरिष्ट सम्वाददाता माहदी जाल्जादले राष्ट्राध्यक्ष सीको सम्बोधन फराकिलो समुद्रमा देखाइने एउटा उज्ज्यालो बत्ती जस्तै कुरा औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु