फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकामा कोभिड १९को संक्रमण तिब्र गतिले बढे पनि राजनीतिज्ञको चेत फर्किएन

(GMT+08:00) 2020-03-28 16:38:36
अमेरिकी जोनस होपकिन्स विश्वविद्यालयद्वारा जारी गरिएको तथ्याङ्क अनुसार, पूर्वी अमेरिकी समय मार्च २७ तारिख दिउँसो ६ बजेर १९ मिनेटसम्म अमेरिकामा कोरोना भाइरस संक्रमितहरुको संख्या एक लाख एक हजार छ सय ५७ पुगेको छ। तीमध्ये १ हजार ५ सय ८१ जनाको मृत्यु भएको छ। एकै दिन थपिएका संक्रमितहरुको संख्या करिब २० हजार पुगेको छ।

विश्वमा कोरोना भाइरस संक्रमितहरुको संख्या सबैभन्दा बढी भएको मुलुक अमेरिका बनिसकेको छ। हरेक दिन थपिने संक्रमितहरुको संख्यामा द्रूत गतिले बढ्दै आएको छ। तथापि वाशिन्टनका केही तुच्छ राजनीतिज्ञहरुले महामारीको प्रतिरोधलाई महत्व नदिई चीनमाथि निरन्तर रुपमा हिलो छ्यापिरहेका छन्।

मार्च २६ तारिख अमेरिकी विदेश मन्त्री माइक पोमपेओले ट्वीटरमा "उहान भाइरस" प्रयोग गर्नुभएको छ। सोही दिन अमेरिकाले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको वक्तव्यमा "कोरोना भाइरसको उत्पति चीन रहेको" उल्लेख हुनुपर्ने भन्दै कडा शब्दमा माग गरेको हुनाले संयुक्त राष्ट्रको बैठक गतिरोध भयो। मार्च २५ तारिख जी सात मुलुक समूहको विदेश मन्त्री स्तरीय सम्मेलनमा अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले संयुक्त वक्तव्यमा "उहान भाइरस" थप्न खोजेता पनि अरु देशले यसलाई अस्वीकार गरेका थिए।

अमेरिकामा कोरोना भाइरस संक्रमितहरु तिब्र गतिले बढेपछि यस्तै तुच्छ राजनीतिज्ञको चेतना स्पष्ट हुनुपर्छ।

जानकारी तथा लेखहरु