फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वमा महामारीको अवस्था तनावपूर्ण

(GMT+08:00) 2020-03-28 16:38:58
कोरोना भाइरस महामारी तिब्र गतिले फैलिँदै छ। विश्वमा कोरोना भाइरस संक्रमितहरुको कूल संख्या पहिलोपटक एक लाख पुग्नलाई ६७ दिन मात्र लागेको थियो। यो संख्या दुई लाखमा पुग्नलाई ११ दिन लागेको थियो भने तीन एक लाख पुग्नलाई ४ दिन मात्र लागेको। त्यसैगरी निरन्तर वृद्धि हुँदै चार एक लाख पुग्न २ दिन मात्र लागेको छ। अहिलेसम्म विश्वमा कोरोना भाइरस संक्रमितहरुको कूल संख्या ५ लाख १० हजार भन्दा बढी पुगेको छ। यस्तै तनावपूर्ण संकट हुँदा अभूतपूर्व सहयोगको आवश्यक्ता रहेको छ।

पैचिङ समय मार्च २६ तारिख बेलुका वर्तमान अध्यक्ष मुलुक साउदी अरबियाका राजा सालमान एल साउदको अध्यक्षतामा कोरोना भाइरस महामारीको प्रतिरोध विषयमा जी २० मुलुक समूहको विशेष शिखर सम्मेलन आयोजित भयो। सो विशेष सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले "हातमा हात मिलाएर कठिनाई जितौं" भन्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै विश्वसँग चीनको उपाय बाँड्नुभयो। पहिलो उपाय भनेको शत्रुको पहिचान गर्नु हो। महामारी संकटको बेलामा विश्वको संयुक्त शत्रु भयानक सरुवा रोग हो। दोस्रो उपाय भनेको जिम्मेवारी हो। विश्वले संयुक्त प्रयास गरे मात्र महामारीलाई जित्नसकिन्छ। र तेस्रो उपाय सहयोग हो। अन्तर्राष्ट्रिय समाजले विश्वासलाई दृढ पार्ने, एकबद्ध भएर सहयोग गर्ने आवश्यकता रहेको छ।

जानकारी तथा लेखहरु