फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी सीमा बाहिरका क्षेत्रमा "भयानक प्रकोप" इटालीमा दश हजारको मृत्यु

(GMT+08:00) 2020-03-29 20:48:17
अमेरिकी जोन्स होपकिन्स विश्व विद्यालयको तथ्याङ्क अनुसार, पूर्वी अमेरिकाको समय मार्च २८ तारिख बेलुका ६ बजेर २ मिनेटसम्म अमेरिकामा कोरोना भाइरस संक्रमितहरुको कूल संख्या १ लखा २१ हजार ११७ पुगेको छ भने मृत्यु भएको कूल संख्या २ हजार १० रहेको छ।

स्थानिय समय मार्च २८ तारिख न्युयोर्क राज्यका गभर्नर आन्ड्रु कुओमोले अहिलेसम्म न्युयोर्क राज्यमा कोरोना भाइरस संक्रमितहरुको कूल संख्या ५२ हजार ३१८ पुगेको छ भने जसबाट मृत्यु भएको कूल संख्या ७ सय २८ रहेको जानकारी दिनुभयो। प्राप्त अर्को समाचार अनुसार, हाल न्युयोर्कका ५ सय १२ जना प्रहरी कोरोना भाइरस संक्रमण भएका छन्।

कोरोना भाइरस महामारीको नियन्त्रण गर्न अमेरिकी समय २८ तारिख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क, वाशिन्टन, क्यालिफोनिया, न्युजरी लगायत १५ राज्य तथा गुआम क्षेत्र र पुअरटो रिको लगायत २ सीमा बाहिरका क्षेत्रमा "भयानक प्रकोप" अवस्थामा परेको घोषणा गर्नुभयो।

स्थानीय समय मार्च २८ तारिख बेलुका ६ बजेसम्म इटालीमा बिगत २४ घण्टामा थपिएका कोरोना भाइरस संक्रमितहरुको संख्या ५ हजार ९ सय ७४ रहेको छ। जसबाट इटालीमा कोरोना भाइरस संक्रमितहरुको कूल संख्या ९२ हजार ४ सय ७२ पुगेको छ भने मृत्यु भएको कूल संख्या १० हजार २३ रहेको छ।

फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपले मार्च २८ तारिख फ्रान्समा महामारी तीब्र गतिले फैलिरहेको भन्दै कोरोना भाइरस संक्रमितको संख्या हरेक ३ वा ४ दिनभित्र दुई गुणाले बृद्धि हुने दाबी गर्नुभयो। फ्रान्सको स्वास्थ्य मन्त्रालयले चीनलाई एक अर्ब मास्क माग गरेको छ।

जानकारी तथा लेखहरु