फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ट्रम्प सरकारले १५ अर्ब डलरको चिकित्सा खर्च घटाएको अमेरिकी सञ्चारको भनाइ

(GMT+08:00) 2020-03-29 20:48:40
पूर्वी अमेरिकाको समय मार्च २८ तारिख बेलुका ६ बजेर २ मिनेटसम्म अमेरिकामा कोरोना भाइरस संक्रमितहरुको कूल संख्या १ लाख २१ हजार १ सय १७ पुगेको छ भने मृत्यु भएको संख्या २ हजार १० रहेको छ। अमेरिकी जोन्स होपकिन्स विश्व विद्यालयको तथ्याङ्क अनुसार, विगत पाँच दिनभित्र अमेरिकामा निरन्तर रुपमा हरेक दिन थपिएका संक्रमितहरुको संख्या दश हजार पुगेको छ।

अमेरिकामा कोरोना भाइरस संक्रमितहरुको संख्या तीब्र गतिले बढेको कारण के हो? अमेरिकी सञ्चार माध्यमले केही वास्तविकता चुहाएका छन्।

पहिलो, महामारीको प्रतिरोधका लागि अमेरिकी निर्देशन कार्यालयलाई विघटन गरिएको छ। सन् २०१६ मा ह्वाइट हाउसले विश्व स्वास्थ्य सुरक्षा कार्यालयको स्थापना गरेको थियो। त्यसको जिम्मेवारी अमेरिका तथा विश्वमा देखा पर्नसक्ने स्वास्थ्य संकटकालीन अवस्थाका लागि तयारी गर्नु हो। तथापि सन् २०१८ को मेइ महिनामा ट्रम्पले सो कार्यालयको विघटन गर्नुभयो।

दोस्रो, स्वास्थ्य प्रणालीमा धेरै बजेटलाई घटाइएको छ। बजेटको अभावले सम्बन्धित संस्था अप्ठ्यारो स्थितिमा परेको छ। सन् २०१८ मा अमेरिकी सरकारले १५ अर्ब अमेरिकी डलरको स्वास्थ्य खर्च घटाएको थियो।

र तेस्रो, ट्रम्पले महामारीको प्रतिरोधका लागि प्रभावकारी कदम चाल्नुभएको छैन, चिकित्सा स्रोतको अभाव देखिन्छ। महामारी अमेरिकामा देखा पर्दा ट्रम्पले त्यसलाई वास्ता गर्नुभएन। अहिले भेंटिलेटरको अभावको कारण न्युयोर्क शहरका अस्पतालहरु नाजुक अवस्थामा परेका छन्। यसका साथै वाशिन्टन राज्य, क्यालिफोनिया तथा लुइसीआना लगायत राज्यहरुलाई पनि प्रभावित भएको छ।

जानकारी तथा लेखहरु