फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन बाहिर कोभिड-१९ संक्रमितको कूल संख्या ४ लाख ८९ हजार ४ सय ४८

(GMT+08:00) 2020-03-29 20:50:32

विश्व स्वास्थ्य संगठनले मार्च २८ तारिख सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, चीन बाहिर कोभिड-१९ महामारी संक्रमितको कूल संख्या ४ लाख ८९ हजार ४ सय ४८ पुगेको छ।

विश्व स्वास्थ्य संगठनको दैनिक रोग प्रतिवेदनले जनाए अनुसार, मध्य यूरोपको समय अनुसार २८ तारिख बिहान १० बजेसम्म चीन बाहिर कोभिड-१९ संक्रमितको कूल संख्या गत २७ तारिखको तुलनामा ६२ हजार ३ सय ६२ जना थपिएको छ। चीन बाहिर मृत्युको संख्या २७ तारिखको दाँजोमा ३ हजार १ सय ५६ जना थपिएको छ भने जम्मा २३ हजार १ सय ९३ जनाको ज्यान गुमाएको छ।

विश्वभरबाट हेर्दा गत २७ को तुलनामा कोभिड-१९ संक्रमितको कूल संख्या ६२ हजार ५ सय १४ जना थपिएको छ भने जम्मा ५ लाख ७१ हजार ६ सय ७८ जना पुगेको छ। मृत्युको संख्या २७ तारिखको दाँजोमा ३ हजार १ सय ५९ जना थपिएको छ भने जम्मा २६ हजार ४ सय ९४ जना पुगेको छ।

एपीले २८ तारिख जनाए अनुसार, संयुक्त राष्ट्र संघका ८६ जना कर्मचारी कोभिड-१९ महामारीबाट संक्रमित भउका छन्। हाल संयुक्त राष्ट्र संघका प्राय:जसो कर्मचारीहरू आफ्नो घरमा काम गरिरहेका छन्।

जानकारी तथा लेखहरु