|
|
|
||
हाल कोभिड-१९ महामारी विश्वव्यापी फैलिएको छ। एकता र सहयोग नै अन्तर्राष्ट्रिय सहमति र तत्कालको अपिल हो। हालै अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्राध्यक्ष सी चिन फिङसँग टेलिफोन वार्ता गर्दा आफूले व्यवस्थापन गरी अमेरिका र चीनबीचको संयुक्त महामारी विरूद्ध हस्तक्षेपको प्रत्याभूति दिने प्रतिवद्धता जनाउनुभएको थियो। तर अझै केही अमेरिकीले चीन-अमेरिका संघर्ष र दुरीबारे प्रचार गरिरहेका छन् र दुई देशबीचको सहयोगसमक्ष विनाशकारी शक्ति थपिरहेका छन्।
हालै न्यूयोर्क टाइम्सको एक रिपोर्टमा पपुलिस्टको दूरदृष्टि स्टेफन के बन्नोनको विचार पुनः दोहोर्याइएको छ। धेरै मामिलामा चीनबाट अमेरिका अलग रहनुहुँदैन भन्ने स्वीकार गरे पनि उनले चीन र अमेरिकाबीच जनमत र आर्थिक मुद्धामा युद्ध भइरहेको भन्दै चीनको पार्टी र चीन सरकार विश्वको लागि धम्की भएको झूटो धारणा अघि सारेका थिए।
चीन-अमेरिका सहयोगलाई महामारी विरूद्ध केन्द्रित गर्नुपर्ने मुख्य समयमा केही बेईमान अमेरिकीले निकालेको यो अर्को राजनीतिक भाइरस हो। महामारी यता तिनीहरूले चीनको बदनाम गरी अन्तर्राष्ट्रिय समूहबाट चीनलाई अलग राख्न खोजेका छन् र महामारी उत्पत्तिको जिम्मेवारी चीनमाथि थोपर्ने बदनियतमार्फत् आफ्नै मुलुकको महामारी नियन्त्रणमा ढिलासुस्ती र अयोग्यताको वास्तविक भेष बदल्न खोजिरहेका छन्।
ह्वाइट हाउसका उच्च रणनीतिक सल्लाहकारको पदमा बस्दा बन्नोनले चीनमाथि कडा घारणा लिइरहेका थिए। चीन अमेरिकाको सबैभन्दा ठूलो शत्रु बनिसक्यो, चीनमाथिको आर्थिक युद्ध पराजित गर्नुपर्ने जस्ता सबै उनका अहंकारी भनाइहरू थिए। ह्वाइट हाउसबाट राजीनामा गराइएपछि पनि शीतयुद्धको विचार र चीन विरूद्धका अडानमा रहेका उनले चीनविरूद्ध धम्कीका सिद्धान्त फैलाइरहेका छन्।
हाल चीन र अमेरिकाका नेताबीचको वार्ता रचनात्मक छ। चीनले पनि वचनलाई व्यवहारमा उतारेर कार्यान्वयन गर्नुपर्छ। हाल चिनियाँ चिकित्सा सामग्री बोकेको विमान चीनको शाङहाइबाट न्यूयोर्कका लागि प्रस्थान गरेको छ भने पछि अरू विमानद्वारा चीनले अमेरिकालाई चिकित्सा सामग्री सघाउनेछ। अमेरिकी नेताले पनि भन्नुभयो 'चीनले हामीलाई एक खेप सामग्री पुर्याएको छ, निकै राम्रो सामग्री हो।'
चीनले व्यवहारिक गतिबिधिबाट दुई देशका नेताबीचको सहमतिलाई व्यवहारमा उतारेको छ। अमेरिकाले महामारिको छिटै नियन्त्रण गर्नसक्ने सरल आशासँगै अमेरिकी सर्वसाधारणमाथि चिनियाँ जनताको मित्रताको आधारमा चीन कार्यान्वयनमा उत्रिएको हो। किनभने केही अमेरिकी राजनीतिज्ञको दुष्ट्याइँको जिम्मा अमेरिकी सर्वसाधारणमा पर्नसक्ने विचार मात्रै चीनले लिँदैन। तर त्यसबाट ती अमेरिकी राजनीतिज्ञले चिनियाँ जनताको दया र प्रेमको दुरूपयोग गरी चीनको पार्टी र सरकारलाई बदनाम गरेर चीन-अमेरिका द्वन्द्व उत्पन्न गर्न खोज्नुको कुनै तुक छैन।
बन्नोन जस्ता व्यक्तिको बेईमानी भाषण चीन-अमेरिका सहयोगमा महामारी विरूद्धको बाधक बनेको छ र अमेरिकी नेताले पनि भन्नुभएको थियो 'त्यसलाई हटाउनुपर्छ।' यदि उनीहरूले जथाभावी चीन-अमेरिका संघर्ष र द्वन्द्वलाई उत्तेजित गर्न खोज्छन् भने दुई देशबीच महामारी विरूद्धको सहयोग र अमेरिकी सर्वसाधारणको जीवनरक्षालाई हानी पुर्याउने मात्र नभई दीर्घकालीन दृश्यबाट चीन-अमेरिका सम्बन्धसमक्ष अरू अनिश्चितता पनि थप्नेछन् र अन्ततः अमेरिकाको आफ्नै हितमाथि पनि हानी पुर्याइनेछ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |