फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाका चिनियाँ महिलाको नृत्य

(GMT+08:00) 2020-04-02 13:21:39

सन् २००८ मा २९ औँ गृष्मकालीन ओलम्पिक खेलकूद प्रतियोगिता आयोजना भएको मुख्य रङ्गालालाई ओलम्पिक रङ्गशाला भनिन्छ। यसलाई बर्डनेष्ट अर्थात चराको गुँड पनि भनिन्छ। यो बेइजिङको नामी पर्यटकीय क्षेत्र पनि हो। ओलम्पिक रङ्गशालालाई पृष्ठभूमिमा राखेर थुप्रै चिनियाँ गीत तथा टेलिचलचित्रहरु छायाङ्कन गरिएका छन्।

सबैले मिलेर चिनियाँ सपना साकार तुल्या‌औँ बोलको यस गीतमा भनिएको छः

पाँच हजार वर्षदेखि अबिरल बगिरहेको पहेँलो नदीमा एउटा सपना रहेकोछ।

नदी छेउको माटोबाट सपनामा कोरिएको सुन्दर तस्बिर निस्कन्छ।

पुस्तौँपुस्ताले देश निर्माणमा अथक प्रयास गर्दै आएका छन्।

हामी सँगै मिलेर श्रम र पसिनामार्फत चिनियाँ सपना साकार तुल्याऔँ!

यस गीतकी गायिका वाङ ली ता हुनुहुन्छ। वाङ चिनियाँ जन मुक्ति सेना अन्तर्गत राजनीतिक मुख्यालयको नाचगान मण्डलीमा आवद्ध हुनुहुन्छ। सकारात्मक सन्देश र उर्जा दिने सुमधुर यो गीतले जीवनलाई सिर्जनशील बनाउन र देशको उज्ज्वल भविष्यको निर्माण गर्न हरेक चिनियाँ जनता हृदयको शुभेच्छा र कामना अभिव्यक्त बोकेको छ।

भिडियो छायाङ्कनः चेतनाथ आचार्य

भिडियो सम्पादनः चेतनाथ आचार्य

जानकारी तथा लेखहरु