विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार, मध्य युरोप समयानुसार अप्रिल एक तारिखको बेलुकी ६ बजेसम्ममा विश्वमा कोभिड-१९ संक्रमित संख्या ८ लाख २७ हजार ४ सय १९ पुगेको छ भने मृतकको संख्या ४० हजार ७ सय ७७ जना पुगेको छ। हाल विश्वमा २०५ वटा मुलुक तथा क्षेत्रमा कोभिड-१९ संक्रमित भेटिएका छन् भने चीनबाहेक संक्रमित संख्या ७ लाख ४० हजार पुगेको छ।
अमेरिकी जोन्स होप्किन्स विश्वविद्यालयको तथ्याङ्कका अनुसार, पूर्वी अमेरिकी समयानुसार अप्रिल एक तारिख राति सात बजेसम्म अमेरिकामा कोभिड-१९ संक्रमित संख्या जम्मा गरी २ लाख १३ हजार ३ सय ७२ पुगेको छ भने मृतकको संख्या ४७५७ पुगिसकेको छ।
इटली सरकारको तथ्याङ्कले स्थानीय समयानुसार अप्रिल एक तारिख बेलुका छ बजेसम्म इटलीमा कोभिड-१९ संक्रमित संख्या जम्मा गरी १ लाख १० हजार ५ सय ७४ पुगेको देखाएको छ भने मृतकको संख्या १३ हजार १ सय ५५ पुगेको छ।
फ्रान्सेली स्वास्थ्य विभागका अनुसार, अप्रिल एक तारिखसम्म फ्रान्समा कोभिड-१९ संक्रमित संख्या ५६ हजार ९ सय ८९ पुगेको छ भने मृतकको संख्या ४०३२ पुगेको छ।