आज ४ तारिख सारा देशका विभिन्न जातीय जनताले नयाँ कोरोना भाइरसबाट गौरवपूर्ण मृत्युवरण गरेका शहीदहरू र जसबाट मृत्यु भएका सबै चिनियाँहरुप्रति गहिरो श्रद्धान्जली व्यक्त गर्नका लागि राष्ट्रिय श्रद्धान्जली कार्यक्रमको आयोजना गरेको छ। विहान १० बजे हवाई रक्षाको 'अलार्म' बजाउनुका साथै चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ ,कम्युनिष्ट पार्टी र राष्ट्रिय नेताहरुले चुङ नान हाइको ह्वाइ रुन थाङ अगाडि नयाँ कोरोना भाइरसबाट गौरवपूर्ण मृत्युवरण गरेका शहीदहरू र जसबाट मृत्यु भएका सबै चिनियाँहरुप्रति शोक मनाउन तीन मिनेट मौनधारण गर्नुभएको छ। यसका साथै चीनका विभिन्न स्थलमा चिनियाँहरुले पनि शोक मनाउन तीन मिनेट मौनधारण गरेका छन्।